logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन साझा पार्टीको उर्दी


  • जन आकाश
  • मंगलबार, पुष २० २०७८

 



काठमाडौ । पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवशको रुपमा मनाउन विवेकशील साझा पार्टीले सरकारसँग माग पत्र राख्दै आफ्नो कार्यक्रम सार्वजानिक गरेको छ ।

उसले भनेको छ , पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस (Nepal Day)’ का रूपमा मनाइयोस्। संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो भनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी हामीले विगतमा गरेको मागलाई पुनः दोहोर्‍याउँछौ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो।

त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची(महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ। उक्त यात्रामा जहाँ, जसरी सम्भव हुन्छ, सहयोग र सहभागिताका लागि सम्पूर्ण नेपालीहरूमा विवेकशील साझा पार्टी हार्दिक अपिल गर्दछ भन्दै उर्दी जारी गरेको छ ।

पृथ्वि जयन्तीलाई राष्ट्रिय एकता दिवशको रुपमा मनाउन नेपालका पार्टीहरुको एक मत जस्तै देखिन्छ । तर कता कता वाट निदर््ेशन आउने गरेको जस्तो भान हुने गरी राजनीतिका पार्टीहरुले त्यो आट गरेका छैनन् । सायद हुन सक्छ बिभिन्न बुद्धिजीविहरुले लगाएको आरोप जस्तै नेपालका ठुला राजनीतिक पार्टी भनेकै विदेशी शक्तिमा चलेका हुन सक्छन् । पछिल्लो समय त्यस्तै देखिन थालेको छ । गुण्डा, तस्कर, माफियाहरुले पार्टीहरु कब्जा गदै गएका छन् ।

।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend