logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी बैंकको १० औं एक्स्टेन्सन काउण्टर विस्तार


  • जन आकाश
  • मंगलबार, पुष २० २०७८

 



काठमाडौ । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा दशौंं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँबानेश्वर स्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।

यो नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनासँगै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी बैंकले आफ्नो सेवाअ झ सुदृढ अनि व्यापक बनाउने उदेश्यले यस्ता कार्यहरु गदै आएको र सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरागर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै लगेको बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend