logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व हुदै


  • जन आकाश
  • बुधबार, पुष २१ २०७८

 



काठमाडौ । २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबिएल सामूहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड–१ यहि पौष २२ गते परिपक्व हुन लागेको छ ।

नेपाल ईन्भेष्टमेण्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि.व्यवस्थापक रहेको यस फण्डले ७ वर्ष अगाडी रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको थियो ।

उक्त योजनाले ७ वर्षको अवधिमा इकाई धनीलाई ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकत्तम प्रति इकाई रु १७.७१ सम्म कारोबार भएको थियो ।

एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको एनआईबिएल समृद्धि फण्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको उसले बिज्ञप्तिामा उल्लेख छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend