जन आकाश

मोहन कार्की ।
काठमाडौ । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०७८ पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरी सभामा प्रजातान्त्रिक प्रक्रियाद्धारा बैकले निम्न निर्णयहरु गरिएको थियो ।
वार्षिक साधारण सभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूजीकाृ १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ ।
साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको कार्यक्रमा जानकारी गराईएको थियो ।
दिफिनान्सियल टाईम्स, लण्डनद्वारा Bank of The Year Asia 2021” / “Bank of The Year Nepal 202 बाट बैंकलाई सम्मानित गरेको जानकारी पनि साधरणसभामा गराईएको थियो ।
अवार्ड शेयरधनीहरुले बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुताबिक बैंकलले कार्य गरेर प्रप्त गर्न सफल भएकोमा सम्पूर्ण ग्रहकहरुलाई सधारणसभामा कृतज्ञता ज्ञापन गरेको थियो । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको बैकले जानकारी गराउदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend