जन आकाश
काटमाडौ । २०७८ पुष १९, सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको सु(अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीकोम मोवाईल एप उद्घाटन गरिएको छ ।
कम्पनीले बीमित तथा अभिकर्तालाई आप्mनो पन महशुस हुने गरी थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बीमा सेवाआफ्नै औंलामा भन्ने अवधारणा सहित एपको शुभारम्भ गरेको छ ।
कम्पनीको एप प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ ।एनडो«इड तथा आइएसओ प्रविधीमा चलाउन सकिने कम्पनीको एप प्ले स्टोर र एप स्टोर बाट सहजै डाउनलोछ गर्न सकिन्छ ।
एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमा शूल्कको सम्बन्धमा जानकारी प्राप्तगर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमा शूल्क गणना सम्बन्धी जानकारी प्राप्तगर्न सकिने सुविधा एपमा रहेको छ ।
बीमितले एप मार्फत बीमा शूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमा शूल्क भुक्तानीको विवरण प्राप्तगर्न सक्नेछन् ।
कम्पनीको एपलाई डाउनलोड गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा थ्यग त्गदभ मा हेर्न सकिने ब्यवस्था समेत मिलाईएको छ ।
कम्पनीको मोवाईल एप को उद्घाटनको क्रममा मोवाईल एपको आवश्यकता, विशेषता र प्रयोग विधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले प्रकाश पार्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend