जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप नगरपालिका वाडन. ८ मा कार्यलय भई रामेछाप नगरपालिका वाडन. ९ र ८ कार्य क्षेत्र बनाई कार्य गरिरहेको समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औ बार्षिक साधरण सभा मितिः २०७८ साल पौष २३ गते रामेछापको वाडन. ८ मानि डाडामा सहकारीको आफ्नै भवनको प्रङगनमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष लक्ष्मी तामाङको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि रामेछाप नगरपालिककी उप–मेयर सृर्र्जना खड्काले दिप प्रज्वलन गरी उदघाटन गरेर कार्यक्रम शुरु भएको थियो ।

बिशिष्ट अतिथिमा सोही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र नामगाधे रहनु भएको थियो ।
अतिथिहरुमा वडा अध्यक्ष केदार कार्की, महिला बालबालिका शाखा प्रमुख बिमला शर्मा, पत्रकार रामचन्द्र बिक, निशान बचन तथा ऋण सहाकरीका संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङ, जुनेली ऋण तथा सहकारी संस्थाका उपाध्यक्ष रविन्द्र कुमार श्रेष्ठ, केवलेश्वर ऋण तथा सहकारी संस्थाकी अस्मिाता शाही, हजुरको रेडियो प्रतिनिधि रिता मगर, नगर उधोग बाणिज्य संघको प्रतिनिधि बिमला श्रेष्ठ, वडा सदस्य कल्याण बढाथोकी, मगली र्सकीनि, लगायतको आतिथ्य र समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु साथै सदस्यहरुको बाक्लो उपस्थितिमा कार्यक्रमले पुर्णत पाएको थियो ।

कार्यक्रममा ंसंस्थाको वारेमा उपाध्यक्ष सावित्रा कार्कीले प्रष्ट्याउनु भएको थियो भने संस्थाको गतिविधि सचीव निरमाया शाहीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो त्यसैगरी कोषाध्यक्ष कल्पना देवकोटाले आर्थिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो । संस्थाकी संस्थापक अपना श्रेष्ठले कार्यक्रमलाई अन्तिमसम्म आकर्षण ढंङगवाट सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा आउनु भएको उपमेयर सृर्जना खड्काले “आफु पनि यस सहकारी संस्थाको सदस्य भएको तर ब्यस्तताको कारणले समय त्यति दिन नसकेको आउदा दिनमा सवै दिदी बहिनीहरुको साथमा रहेर काम गर्ने बताउनु भएको थियो भने नगरपालिकाको सहयोगमा कोशेली घर सञ्चालनमा आएको तर स्थानीय उत्पादन त्याहा सम्म ल्याई पु¥याउन अझै नसकेको स्थानीय उत्पादनलाई चिनारीको रुपमा विकास गर्नुपर्ने” बताउनु भएको थियो ।
त्यैगरी बिशिष्ट अतिथिको रुपमा आउनु भएका रामेछाप नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले रामेछाप नगरपालिका भित्रको सवैभन्दा असल, मितवायी, र पारदर्शी भएको भनि समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्थाको प्रशंसा गर्नुभएको थियो । रामेछाप ८ न. वडा अध्यक्ष केदार कार्कीले सहकारी दिदी बहिनीहरुले कमाउने गरी काम गर्न र स्थानीय सहकारीमा बिश्वास गर्न सुझाव दिनुभएको थियो ।

त्यसैगरी रामेछाप नगरपाकिा महिला विकास शाखाकी सरिता बुढाथोकीले महिलाहरुले मात्र सञ्चालन गरेका सहकारीहरु संघियता लागु हुनुभन्दा अगाडी रामेछाप जिल्लामा २६ वटा रहेका थिए । अहिले सक्रिय रुपमा रामेछाप नगरपालिकामा यहि समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था मात्र सक्रिय रहेको र अरु सहकारी कुन अवस्थामा छन् यो नगरपालिकाको चिन्ताको बिषय हो । भनि धारणा राख्नु भएको थियो ।
१४ औ साधरणसभाको अवसरमा महिला शाखा सम्मानित
उक्त संस्थाले रामेछाप नगरपालिका अन्र्तगतको महिला शाखाका द्धय सरिता बुढाथोकी र बिमला शर्मालाई महिलाहरुको उत्थानको लागि योगदान पु¥यायको भनेर प्रमुख अतिथिको हातवाट दोसल्ला ओडाई सम्मान पत्रले सम्मानित गरेको थियो ।

त्यसैगरी बिशिष्ट अतिथि नगार पालिकाका प्रमुख प्रशासकीय रामचन्द्र नामगाधे र पत्रकार रामचन्द्र बिकलाई मायाको चिनो प्रदान गरिएको थियो ।
संस्थाका सदस्यहरु मध्य मृत्यु भएमा मृत्यु कोषवाट रु ५०००(रु पाँच हजार दिने व्यवस्था भएको भनि मृत्यु भएका आफन्त रामेछाप नपा ८ की पुर्णमाया श्रेष्ठको छोरीलाई र रामेछाप नपा ८ मनमाया शाहीको श्रीमानलाई जनही पाँच हजार प्रदान गरिएको थियो ।
त्यसैगरी संस्थाका सदस्यहरु मध्य १३ जनालाई सम्मान पत्र बितरण गरिएको थियो ।
उनिहरुको नाम यस प्रकार रहेको छ ।
१ विना थापा
२ देवकीमाया खत्री
३ सुकमाया शाही
४ जिरा शाही
५ कौशल्या कार्की
६ निर्मला शाही
७ सुकुमाया कसाई
८ निमोरिया कसाई
९ गोमा कुमारी श्रेष्ठ
१० ललिता श्रेष्ठ
११ मनमाया बिक
१२ मिश्र कसाई
१३ तिर्थमाया कसाई
रहेका थिए ।

समाज जागृति महिला तथा ऋण सहकारी संस्था १४ वर्ष ४ जनावाट शुरु गरेर हाल ५५१ जना सेयर सदस्य, १४९ जना किशोरी सदस्य, ६६ जना वाल सदस्य रहेको कार्यक्रममा जानकारी दिएको थियो ।
समाज जागृति महिला तथा ऋण सहकारी संस्थाले समाजमा योगदान पु¥यायको भनेर बिभिन्न उत्कृष्ट पुरुस्कार जित्न सफल भइसकेको संस्था हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend