जन आकाश
काठमाडौ । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारणसभा मिति२ ०७८ पुष २३ गते काठमाडौको नक्सालस्थित बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।
उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७७ र ७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैकको चुक्ता पुजी रु ४.२६ अर्ब पुगेको बैकले साधरणसभा मार्फत जानकारी दिएको छ।
बैंकको वार्षिक साधारणसभाले आर्थिकवर्ष २०७७ र ७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।
यसका साथै साधरणसभाको अवसरमा बैंकले तम्घास, मुर्गियार टाँडीस्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ।बैंकका सञ्चालक समितिका अध्यक्ष हरिप्रसादले डिजिटल प्रविधि मार्फत क्रमश माथि उल्लेखित बैंकको १०६औं, १०७ औंर १०८ औं शाखाको उद्घाटन गर्नु भएको थियो उपत्यका र उपत्यका बाहिर गरी बैंकका शाखा कार्यालयहरुकोसं ख्या १०८ पुगेको छ उक्त अवसरमा जानकारी दिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend