जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अधक्ष्य शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिङ्ग सेवा समुद्घाटन समारोह सम्पन्न गरेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानिय महानुभावहरु तथा बैंकका कर्मचारीहरुको उपस्थितिमा उदघाटन भएको बैकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend