logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवा र नमस्ते पे बीच अनलाइन कारोवारको लागि सम्झौता


  • जन आकाश
  • आइतबार, पुष २५ २०७८

 



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्ने छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend