logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको बार्षिक साधारणसभा सम्पन्न


  • जन आकाश
  • आइतबार, पुष २५ २०७८

 



काठमाडौ । शनिबार इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडियानेपाल )को बार्षिक साधारणसभा काठमाडौस्थित लैनचौर ब्यान्केटमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथी सहरी बिकास मंत्री रामकुमारीझाँक्रीले उदघाटन गर्नु भएको थियो ।

उनल ेइन्टेरियर डिजाइनर्स क्षेत्रको प्रयोग र बिकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाइ राख्नुभएको थियो।

कार्यक्रममा नेपालीआर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो।

कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनर्सको उत्थान र प्रगतिको निम्ति लागि पर्ने र इन्टेरियर डिजाइनर्स प्रत्यक्षअप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताकोजीवनशैली ,सामाजिक सभ्यता र कुनैपनि कार्यालय वा कार्यक्षेत्रको इन्टेरियर डिजाइनर्स संग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकारले पनि नीतिनियम बनाउदा क्ष्इन्टेरियर डिजाइनर्स सम्बन्धि बिषय बस्तु पनि समग्रमा समाबेस गर्न आग्रह गर्नु भयको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend