जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप जिल्लामा ( नेकपा एमालेको ८ औँ जिल्ला अधिवेशनले सम्पन्न भएको छ । सदरमुकाम मन्थलीमा शुक्रवार देखि सुरु भई सोमवार सम्पन्न आठौँ जिल्ला अधिवेशनले जिल्ला कमिटीलाई पुर्णत दिएको हो । निवर्तमान अध्यक्ष रहेका आनान्द श्रेष्ठको नेतृत्वमा नै जिल्ला कमिटीले पुर्णत पाएको हो ।
उपाध्यक्ष पदका लागि चार जनाबीच भएको प्रतिस्पर्धामा इन्द्रबहादुर तामाङ उपाध्यक्षमा निर्वाचित भएका छन् । तामाङले ३ सय ५४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षका अन्य प्रतिस्पर्धी ध्रुब कुमार कार्कीले २ सय ४६, रमेश वाग्लेले ६१ र सुमन कुमार लामाले १६ मत ल्याएका थिए ।
एक सचिव पदमा पुरुषोत्तम कडरिया र गोपाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदा कडरियाले ५ सय ६६ मत ल्याउँदै सचिव पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले १ सय २० मत मात्रै ल्याएका छन् ।
त्यस्तै दुई उपसचिव पदमा प्रकाश कुमार कार्की, होतराज ढकाल, चन्द्रबहादुर मानन्धर र केशबकुमार प्रधानबीच प्रतिस्पर्धा भएको थियो । जस मध्ये प्रकाश कुमार कार्की सबै भन्दा बढी पहिलो ५ सय ५१ मत र होतराज ढकालले सबै भन्दा बढी दोस्रो ४ सय मत ल्याउँदै उपसिचवमा निर्वाचित भएका छन् । सचिवका अर्का दुई उम्मेद्वार चन्द्रबहादुर मानन्धरले १ सय ५३ र केशबकुमार प्रधानले १ सय ७३ मत मात्रै ल्याएका छन् ।
खुल्ला सदस्य तर्फ १३ जनामा निर्वाचन, ८ महिलामा निर्विरोध
१३ खुल्ला सदस्य तर्फ ३८ जनाको उम्मेद्वरी परेपछि निर्वाचन प्रक्रियाबाट १३ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा क्रमशः उज्वल सुवेदी, रत्न प्रसाद कंडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दिपेन्द्र कुमार कार्की, शेर बहादुर तामाङ, विनोद फुयाल, रामप्रसाद देवकोटा, सुर्य माझी, जय गुरुङ, शिव प्रसाद न्यौपाने र शिवहरि उप्रेती रहेका छन् । त्यस्तै खुल्ला महिला ८ सदस्य पदमा ८ जनाको मात्रै उम्मेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने महिला सदस्यहरुमा क्रमशः राधिका खड्का, सुनिता सुनुवार, मखमली श्रेष्ठ, इन्दिरा बुढाथोकी, दीपा पाख्रिन, भगवती चौहान, कालिका मानन्धर र दीपा कार्की रहेका छन् ।
भूगोल र समावेशीतर्फ केहीमा निर्विरोध केहीमा निर्वाचन
भूगोल तर्फ प्रत्येक पालिकाबाट दुई महिला सहित ६ जना सदस्य निर्वाचित हुनुपर्नेमा केही पालिकाबाट सर्वसम्मत र केही पालिकाबाट निर्वाचन प्रक्रियाबाट सदस्य चयन भएका छन् । सुनापति गाउँपालिकाबाट खुल्ला तर्फ रविन्स लामा, सुकराम ग्यापक, रवी तामाङ र चक्रवर्ति लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुई महिला सदस्यमा पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुने महिला सदस्यमा विमला ग्यापक र कमला शर्मा क्षेत्री रहेका छन् ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुने खुल्ला सदस्यमा मिलन कुमार घिसिङ, गंगाबहादुर तामाङ, कुमार कँडेल र दानबहादुर थापामगर रहेका छन् भने महिला तर्फ जानुका चौलागाइँ र सुभद्रा कंडेल पाठक रहेका छन् ।
खाँडादेवी गाउँपालिकाबाट खुल्ला सदस्यमा निर्वाचन प्रक्रियाबाट सदस्य छनौट भएका छन् भने महिला सदस्यमा निर्विरोध चयन भएका छन् । खाँडादेवीबाट खुल्लामा अशलसिं तामाङ, तेज बहादुर बोहरा, भक्तबहादुर श्रेष्ठ र राजेश कार्की निर्वाचित भएका छन् भने महिला तर्फ रमा घिसिङ र अनिता तामाङ राई निर्विरोध निर्वाचित भएका छन् ।
उमाकुण्ड गाउँपालिकाबाट निर्वाचित हुने खुल्ला र महिला दुबै तर्फका सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ निमा शेर्पा, श्यामकुमार तामाङ, अमृतबहादुर कार्की र गम्बु शेर्पा निर्विरोध निर्वाचित भएका छन् भने महिला तर्फ लिलामाया सुनुवार निर्विरोध निर्वाचित भएकी छिन् ।
गोकुलगंगा गाउँपालिकाबाट पनि खुल्ला र महिला दुबै तर्फका सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ भोला खड्का, महेशलाल प्रधान, नवराज खड्का र कृृष्ण प्रसाद घिभिरे निर्वाचित भएका छन् भने महिला तर्फ राममाया सुनुवार र मञ्जुमाया कार्की निर्वाचित भएका छन् ।
लिखुतामाकोशी गाउँपालिका तर्फको खुल्ला सदस्यमा निर्वाचन प्रक्रियाबाट सदस्य चयन भएका छन् भने महिला तर्फ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट निर्वाचित हने सदस्यमा शेर बहादुर थापा, आश बहादुर तामाङ, सम्बरबहादुर बोहोरा र रविन्द्र पौडेल छनौट भएका छन् । त्यस्तै महिला तर्फ रजिना बुढाथोकी र सुशिला थापा निर्विरोध निर्वाचित भएका छन् ।
रामेछाप नगरपालिकाबाट निर्वाचित हुने खुल्ला र महिला दुबै तर्फको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । खुल्ला तर्फ उमेश विक्रम थापा, विमलकुमार कठायत, रामबहादुर बुढाथोकी र सिता कुमारी खत्री निर्विरोध निर्वाचित भएका छन् भने महिला तर्फ विन्दा घिमिरे र तारा रैका मगर भण्डारी निर्वाचित भएका छन् ।
मन्थली नगरपालिकाबाट निर्वाचित हुने खुल्ला सदस्यमा निर्वाचत प्रक्रियाबाट र महिला तर्फ निर्विरोध निर्वाचित भएका छन् । खुल्ला सदस्यमा दिनेश सुवेदी, अमित कार्की, राजेश श्रेष्ठ र अम्बिका प्रसाद भट्टराई निर्वाचित भएका छन् । त्यस्तै महिला तर्फ शान्ता न्यौपाने सुवेदी र इश्वरी बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी तर्फका सदस्य पनि मतदानबाटै चुनिए
समावेशी तर्फ जनजाति खुल्ला र महिला दुबैमा निर्वाचिन प्रक्रियाबाट सदस्या छनौट भएका छन् । जनजाति खुल्ला तर्फ मोतिलाल तामाङ, युनिक बिफा घिसिङ, पदमकुमार लामा र सोम बहादुर तामाङ निर्वाचित भएका छन् । जनजाति महिला तर्फ निडोमा शेर्पा र पासाङ डोल्मा लामा निर्वाचित भएका छन् ।
युनिक घिसिङ नेपाल पत्रकार महासंघ रामेछापका पत्रकार पनि हुन् ।
त्यसैगरी समावेशी उत्पीडित तर्फको खुल्ला सदस्य ३ मा निर्वाचन र महिला सदस्य २ मा निर्विरोध विर्नाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट घनश्याम सार्की, सिताराम लोहार र गोपाल नेपाली दर्जी निर्वाचित भएका छन् भने महिला तर्फ रेणुका खाती र कमला बराल निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी अल्पसंख्याक खुल्ला २ सदस्य र १ महिला सदस्यमा पनि निर्विरोध निर्वाचित भएका छन् । खुल्लामा बलबहादुर माझी, काजिराम सुनुवार र महिला तर्फ हर्कमाया माझी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै मजदुर खुल्ला १ सदस्यमा कुमार ढुंगेल निर्विरोध निर्वाचित भएका छन् ।
९० सदस्यीय जिल्ला कमिटीको अध्यक्ष सहित केही भूगोल अन्तरगतको सदस्यहरु निर्विरोध निर्वाचित भएको उपाध्यक्ष, सचिव, उपसचिव, भूगोल र समावेशी तर्फको केही सदस्यहरु निर्वाचन प्रक्रियाबाट चयन गरिएको निर्वाचन कमिटीले जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend