logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हुने नै भयो बगलादेश बैक नविल र्बैकमा मर्जर


  • जन आकाश
  • बिहिबार, पुष २९ २०७८

 



काठमाडौ । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् ।

दुवै बैंकले संयुक्त मर्जर÷एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम मिति २०७८ पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंक का सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहनुभएको थियो भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापा , सञ्चालक अमन शाह र सदस्य सचिव मा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर÷एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती (Acquire) गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात  कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कन लाइ समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend