logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.को तालिम सम्पन्न


  • जन आकाश
  • बिहिबार, पुष २९ २०७८

 



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। ले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गर्नुभएको थियो ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend