logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंकद्वारा देशका थप ४ विभिन्न अस्पतालहरुलाई बेबीवार्मर प्रदान


  • जन आकाश
  • बिहिबार, पुष २९ २०७८

 



काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र ( प्युठान, महादेवपुरी स्वास्थ्य चौकी ( बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय( जाजरकोट गरि थप ४ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।

बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, महादेवपुरी स्वास्थ्य चौकी बाँके, बर्दिया जिल्ला अस्पताल र जाजरकोट स्वास्थ्य सेवा कार्यालयका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको बैकले जानकारी दिएको छ।

साथै सोहि कार्यक्रमका बीचअस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको जानकारी दिएको हो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठानस्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडानं. ९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडानं. ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडान. ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष रुपमा लाभान्वित हुने बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले ूहाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् “न्यानो नानी” परियोजना( २ अन्तर्गत हालसालै लिपानि बिर्ता स्वास्थ्य चौकी(परवानीपुर, हेटौडा अस्पताल( हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी( फापरबारी, चन्द्रनिगाहपुर अस्पताल ( चन्द्रनिगाहपुर र इनरुवा अस्पताल ( सुनसरीलाई एक(एक थान बेबी वार्मर प्रदान गरि ५ वटा बेबी वार्मर प्रदान गरि सकेको उल्लेख छ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको उल्लेख छ ।

बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रियआविष्कार केन्द्रलाई १२ वटा न्यानो नानीू बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना ( २ को लागि सहयोग प्रदान गरेको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend