logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पञ्चकन्या माई हाइड्रोपावर लि.को साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, पुष ३० २०७८

 



काठमाडौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारणसभा सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा यही २०७८ पौष २८ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भयको हो ।

सभाबाट ४ वर्ष अवधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका कम्पनीले जनाएको छ ।

कम्पनीको आ.व. २०७५÷०७६ र आ.व. २०७६÷०७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७÷०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पार्नु भएको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरेको र सोही लेखा परिक्षक कम्पनीलाई पुनः नियुक्त गरेको उल्लेख छ ।

कम्पनीका संचालक ध्रुव कुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझाबका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पु¥याउनु भएकोमा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट प्रदिप कुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पार्नु भएको थियो । शेयरधनीहरु अमिर दास रन्जित, उद्धव प्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिव प्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिनु भएको थियो । कम्पनीको आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरिएको थियो ।

कम्पनीको संचालकहरुको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजय लाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट उप–रजिष्ट्रार हरि प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend