जन आकाश
मोहन कार्की ।
रामेछाप । रामेछाप नगरपालिका वाडन. ५ मा माघे संक्रान्तिको अवसर पारेर रामेछाप मगर प्रराम्भिक ५ नं समितिको आयोजनामा भव्य कार्यक्रम गरी सम्पन्न भएको छ ।

रामेछाप नगरपालिका वाडन. ५को वडा कार्यलय नजिकै भएको कार्यक्रममा नेपाल मगर संघ रामेछाप नगरपालिका ५ का प्राराम्भिक समिति अध्यक्ष ठगेन्द्र बहादुर मगरको सभापतित्वमा र वडा अध्यक्ष भिम बहादुर तामाङको प्रमुख अतिथि, नेपाल मगर संघ रामेछाप जिल्ला सचिव याम कुमार मगरको बिशेष अतिथि तथा कविता रिसाल, लाली कुमारी तामाङ,पृथ्वि नारायण श्रेष्ठ, रविन श्रेष्ठ, अनिल कुमार श्रेष्ठ,हरिशचन्द्र श्रेष्ठ,ख्यान बहादुर तामाङ, टेक बहादुर श्रेष्ठ, रामदास वाइवा तामाङ,यज्ञ बहादुर तामाङ, गुणराज पोखे्रल,उमादेवी बखे्रल,चन्द्र बहादुर तामाङ, ज्ञानी तामाङ, रामपुर स्वास्थ्य चौकीका प्रमुख कृष्ण बहादुर तामाङ, वडा सचिव इन्द्र बहादुर राना मगर, नेपाल मगर संघ जिल्ला सदस्य प्रेम बहादुर मगर, मगर संघ महिला संघकी अध्यक्ष हरिमाया मगर, गायक नविन पुलामी मगर, चारघरे सेवा समिति कार्यकारी प्रमुख कोमलदास श्रेष्ठ,सुनकोशी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टेक बहादुर तामाङ,सुनुवार सेवा समाज नगर स्तरीय संयोजक नारायण सुनुवार,नेवा दवु संघका जय बहादुर श्रेष्ठ, सुनुवार संघका रंगलाल सुनुवार,माझी संघका लाल बहादुर माझी, दलीत संघका तारा बहादुर बिश्वकर्मा लगायतको आतिथि र वडाका मान्य गन्य लगायत सयौको संख्यामा स्थानीयहरु जम्मा भई मगर जातिले मनाउदै आएको मुख्य चाड माघे संक्रान्त्रि अर्थात माघि पर्वलाई हर्षोल्लासका साथ मनाइएको हो ।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष भिम बहादुर तमाङले मगर जातिको चिन्हको रुपमा रहेको खुर्पेटोको घुम्टो उघारेर गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तब्य गोपाल बहादुर खपाङगी मगरले गरेका थिए ।
कार्यक्रमा कोभिडको पुर्ण पालना गर्दै सवैले माक्सको प्रयोग गरेर स्यानी टाइजर प्रयोग गर्दै टाढा–टाढा बसेर हेरेका थिए भने कलाकार नविन पुलामी मगरले झोर्ले लाफा बोलको गीत गायर कार्यक्रमालाई मगरहरुको मौलिकताको उजागर गराउदै हसाउदै खुशी पार्दै नचाएक
का थिए ।

त्यसैगरी स्थानीय कलाकारहरुले लोक गीतमा नृत्य गरेर कार्यक्रमा उपस्थितहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको हातवाट जेष्ठ मगरहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रममा आमन्त्रित तथा उपस्थित स्थानीयहरुलाई माघी फलार अर्थात शखरखण्ड, तरुल, घिउ, चाकु परिकारहरु बाडेर सामुहिक एकताको भावना जागृत गरेका थिए ।

उक्त कार्यमा मगर समुदायका हशिला दिदीबहिनीहरुले स्वम सेवकको काम गरिरेका देखिन्थे ।
त्यस कार्यक्रमा उनिहरुको सेवा उपस्थित सवै आमन्त्रितमा हार्दिकता झल्केको देखिन्थ्यो ।
त्यसैलेत नेपालको संस्कृति बहुधार्मिक, एकता सदभाव र संस्कृतिका धनी भनेर त्यतिकै भनियको होइन रहेछ भन्ने भान हुने कार्यक्रमले देखाएको थियो ।

माघे संक्रान्ति अर्थात मंकर संक्रान्तिको अवसरमा सवै नेपाली दाजुभाई दिदीबहिनीहरुमा जन आकाश मिडियाको तर्फवाट पनि शुभकामना ब्याक्त गर्दछौ । सवैको सुख रहोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend