जन आकाश
भारतीय दादागिरीको अन्त्य गर्ने प्र¥यास गरौं ।
नेपालको छिमेकी भारतले ठुलो देशको हैशियत देखाउदै नेपाल देशलाई हेप्दै चेप्दै आएको छ ।
त्यस्तै पछिल्लो उदारण नेपालको भुमि कालापानी, लिपुलेख, लिम्पियाधुरा क्षेत्रमा सडक बिस्तार गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्र्वजानिक स्थलमा अभिव्याक्ति दिएपछि नेपाल संशकित भएको छ । नेपाली जनता त्यसको बिरुद्धमा सडकमा नै उत्रने अवस्थामा पुगेका छन् ।
हुनत यो काम देशको संयन्त्रले गर्नुपर्ने काम हो । सरकारले तत्कालै कुनै याक्शन लिएन तर ढिलै गरी भएपनि भारतसँग कुटनीतिक शव्द प्रयोग गर्दै नेपालको भुमिमा एकपक्षीय ढंङवाट सडक विस्तार नगर्न आग्रह भने गरेको छ । यो सकरात्मक काम हो ।
विगतमा भारतले नेपाल बिरुद्ध पटक–पटक यस्तै अतिक्रमण गर्दै आएको छ ।
नेपालले डटेर प्रतिवाद गर्न सकेको छैन । उसले नेपाललाई जे गरेपनि हुन्छ भन्ने सोच राखेर हेपाहा प्रबृति देखाउदै आएको छ ।
यस्तो प्रबृतिको बिरोध नेपाली जनताले गर्दै आएका छन् भने कुनै कुनै राजनीतिक पार्टीहरुले काठमाडौमा राजनीतिमा बिक्ने मुद्दा पाएनन् भने यस्ता मुद्दा बनाएर समय बिताउने काम पाउछन् । तर उनिहरुले भुगोलको आधारमा अध्ययन गरेर भने होइन वहाकाउको भरमा बिरोध मात्र गर्ने तथ्य खोज्ने र राष्ट्रको मुक्तिको लागि लड्ने दिर्धकालीन योजना बनाएको देखिदैन । जेहोस् डोके,फुङले पार्टीहरुले देशको पक्षमा आवाज उठाउनु राम्रो कुरा हो ।
भारतले नेपाललाई किन हेपिरहेको छ ? हामीले राखेका प्रस्तावमा किन वार्ता गर्र्न चाहादैन ? भन्ने बिषयमा खोज अनुसंन्धान केही भएका छैनन् । त्यसैले पनि पटक–पटक गरेर भारतले नेपालको भुमिमाथि अतिक्रमण गर्दै आएको छ ।
त्यो हुनुको मुख्य कारण नेपालका सरकारमा रहने मुख्य पार्टीहरुको जन्म नै भारतमा भएको थियो उनिहरुले नेपाललाई यहि यस्तै कमजोर अवस्थामा पु¥याउन नै नेपाली काँगे्रस,नेपाल कम्युनिष्ट पार्टी त्यतिवेलाको अहिले फुटेर बनेका केही थान नेकपा (एमाले), नेकपा समाजवादी, पछि २०५२ सालका स्थापना भएको नेकपा (माओवादी) पार्टीलाई त्यही भारतमा आस्रय दिएर नेपालमा अपद्रो गर्न लगाई नेपालको उधोग कलकारखाना व्यापार चौपट पारेर अर्थतन्त्रमा, अन्तराष्ट्रिय कुटनीतिमा कमजोर बनाउन भारतले खेलेको भुमिका नेपालका राजनीतिक पार्टीले पुरा गर्दै गएपछि आज यो अवस्था आएको हो ।
यसको अन्त्य गर्ने एउटै बिकल्प भनेको भारतमा स्थापना भएका पार्टीहरुलाई चाडै नेपालको साशन सत्तावाट बिदा गरेर स्वतन्त्र ढंङगवाट स्थापना हुदै गरेका देशभक्त युवाहरुलाई शक्तिशाली बनायर नेतृत्वमा ल्याउने र उनिहरुको व्यवस्थापनमा नेपालले नेपलीलाई चाहिने हरेक चीज बस्तु नेपालमा नै उत्पादन गरी आत्मनिर्भर बनाउनुपर्छ ।
त्यसपछि भारतको हेपाहा प्रबृति सहजै परास्त गर्न सक्छौ । अहिले भारतवाट नेपालमा हुने व्यापारको हिशावमा झण्डै १० खर्वको व्यापार घाटा नेपालले व्यहोदै आएको छ ।
नुनदेखि सुनसम्म त्यही वाटो भएर ल्याउनु पर्ने बाध्यता र बिगतमा राजनीतिक पार्टीहरुलाई भारतमा आस्रय दिएको हिशाव माग्दै ति भारतमा स्थापना भएका पार्टीहरुलाई भारतले धम्क्याउदै भारतीय आयल कर्पोरेशनसँगको तेल आयात गर्ने सम्झौता जस्ता अप्ठ्यारा बिषयलाई तत्कालका नेपालका राजनीतिक पार्टीले तोडेर भारतसँगको समस्या सावधान गर्न सक्ने हैशियत राख्दैनन् ।
देशसँग जोडिएको बिषयमा वारकी पार गर्न दृढ संकल्प लिन सक्ने आट व्यवस्थापन गर्न सक्ने खुवी भएको नेतृत्व देशमा हुनुपर्छ त्यस्ता खालका नेताहरु अहिलेका पार्टीहरुमा देखिदैनन् ।
सायद प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, गणतन्त्रको नाममा यसरी देश लामो समय द्धान्द्धमा नफसाएको भए नेपालले विकासमा फड्को मार्ने अनुमान लगाउन सकिन्छ ।
राणा शासन कालमा नै फरपिङ–सुन्दरीजल जलबिधुत आयोजना सम्पन्न गरिसकेको देश नेपालमा बहुदल आएर गणतन्त्र आइसक्दा पनि आजसम्म चौविशै घण्टा बिजुली जनताको घरमा पु¥याउन सक्ने क्षमता बनाउन, राणा शासन कालपछि बनेका कुनैपनि सरकारले सकेनन् ।
राणाकालीन अवस्थामा विदेशमा खाद्यन्न निर्यात गर्ने देश नेपाल यतिवेला बार्षिक झण्डै एक खर्व बराबरको कृषि खाद्यन्न आयात गर्ने गर्छ ।
यो अवस्थामा देशलाई पु¥याउन नै परिवर्तनको नाममा द्धान्द्ध भारतले सृर्जना गराएको योजनामा नेपालका राजनीतिक पार्टी फसेका हुन् ।
अरुत अरु नेपालका सेना, प्रहरीले प्रयोग गर्ने हरेक सामग्री बाहिरवाट आयात गरेर सञ्चालन गर्नुपर्छ त्यही भारतवाट नै धेरै गोली बारुद्धहरु ल्याउने गरेका छन् । यस्तो अवस्थामा देशको सुरक्षा कसरी हुन्छ ? यी यस्ता कमजोरीहरु भारतले जानेर नै नेपालका भुभागहरु अतिक्रमण गर्दै आएको हो ।
राणाकालकै किन नहोस् राम्रो पक्षको अनुशरण गरौं ।
राणाकालीन तानाशाही शासन शैली नै चै अनुशरण गर्न हुदैन । तर देशको पक्षमा काम गर्ने तरिका गुमेका भुभाग समेत फिर्ता ल्याउने तरिका, देशलाई आत्मनिर्भर बनाउने राणाकालीन राम्रा पक्षहरु आत्मसाथ गरेर जान सकिन्छ ।
त्यसो गर्न सकेनौ भने नेपालको अस्तित्व माथि प्रश्न उठ्न सक्छ । भारतकै गोली किनेर भारत बिरुद्ध युद्ध गर्न सजिलो देखिदैन । त्यसैले पहिला आफ्नो आन्तारिक शक्ति बलियो बनाऔ । त्यसपछि भारत मात्र होइन नेपाल बिरोधि जुनसुकै देशले नेपालको अहित चितायो भने त्यस्तालाई परास्त गर्न दिर्धकालीन रुपमा परराष्ट्र नीति नै बनाएर नेपालको हितमा काम गर्न सकिन्छ । त्यसपछि भारतलाई दिर्धकालीन रुपमा परास्त गर्न त्यति कठिन हुदैन ।
यो दिर्धकालीन रुपमा गर्ने कामहरु हुन् ।
तर यतिवेला भारतले नेपालको भुमिमा बनाउन लागेको सडक विस्तारको काम रोक्न भारत र नेपाल दुईपक्षिय वार्तावाट सावधान खोज्ने प्र¥यास गर्नुपर्छ । भारतले टेरदैन भने अन्तराष्ट्रिय कानुन, तथ्यको आधारमा उपचार खोज्ने त्यति गर्दा पनि सम्भव भएन भने प्रत्येक नेपालीले नेपाली सेनाको तालिम लिएर भारत बिरुद्ध युद्ध लड्न निस्कने आट अव नेपालीहरुले गनैपर्छ । भारतीय बिस्तरवादलाई परास्त गर्नैपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend