जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपाली हरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।
विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनु भएका ग्राहक हरुलाई आफ्नो मातृभूमीमा रहेको बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ ।
बैकले उक्त योजना सार्वजानिक गर्दै गैरआवासीय नेपालीहरुलाई भनेको छ ।
यस बैंकमा USD, EUR, GBP, AUD, CAD तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नुहुनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउन ुहुनेछ । साथै, गैरआवसीय नेपालीहरुले निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नु हुनेछ । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनु भएका गैर आवासीय नेपालीहरुले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मात ृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास राख्दै बैकले यस्तो योजना सार्वजानिक गरेको हो ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जानकारी दिने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend