logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवाले ग¥यो करिब १ अरब खुद सञ्चालन आम्दानी


  • जन आकाश
  • मंगलबार, माघ ४ २०७८

 



काठमाडौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथ करिब १ अरब खुद सञ्चालन आम्दानी गरेको छ ।

यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ । बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति शेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्ता पूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ ।
आज जारी गरेको कामनाको सूचनामा उकत रेकर्ड उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend