logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

निर्वाचनको तिथि भोलिसम्म घोषणा नगरे सडकमा जनता उतार्छौं नेता पोखरेल


  • जन आकाश
  • बुधबार, माघ ५ २०७८

 



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिनु भएको हो । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबीसमेत गरे ।

 

नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागिपरेको आरोपसमेत लगाए । उनले निर्वाचन आयोगले भोलि -बिहीवार_ सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी दिए ।

नेता पोखरेलले भने, ‘म भन्न चाहन्छु नेकपा एमाले सर्वोच्च अदालतबाट जबरजस्ती गलत्याइएको दल हो । त्यो दल नेकपा एमाले चुनावको पक्षमा छ । चुनाव गराउन चाहन्छ । सरकारलाई कम्तिमा निर्वाचन आयोगले दिएको तिथि वैशाख १४ र २२ -२३ गतेभित्र चुनाव गराउनको लागि म आह्वान गर्न चाहन्छु । म घोषणा गर्न चाहन्छु, कम्तिमा ७५ प्रतिशत सिट नेकपा एमालेले स्थानीय तहमा जित्नेछ । यसबाट अत्तालिएर अहिलेको गठबन्धन सरकार निर्वाचन नगराउने षड्यन्त्र गरिएको छ, यो षड्यन्त्रलाई चिर्नको लागि हामी भोलिसम्म पर्खन्छौँ ।’

उनले निर्वाचनको तिथि भोलिसम्म घोषणा नभए सडकमा जनता उत्रिने चेतावनीसमेत दिए । उनले भने, ‘ निर्वाचनको तिथि भोलिसम्म घोषणा भएन भने सडकबाट जनता उरालेर परिचालन गरेर निर्वाचनको माग गर्न हामी सडकमा जान्छौँ । स्थानीय तहको निर्वाचन नगराउने कुरा दिमागमा नसोचियोस् । पराजित मानसिकताले हाम्रो संविधान र कानून, निर्वाचन प्रणाली कमजोर बनाउने प्रयत्न नगरियोस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend