logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नविल बैकमा पुनः अध्यक्षमा पौडेल नै


  • जन आकाश
  • बिहिबार, माघ ६ २०७८

काठमाडौ । नबिल बैंक लिमिटेडको संचालक समितिको मिति २०७८ पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल नै भएको बैकले जानकारी दिएको छ ।



बैठकले अध्यक्ष चयन गरेकै दिन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा पुगेर अध्यक्ष पौडेलले शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको बैकले उल्लेख गरेको बिज्ञप्तिमा छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend