logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया त्रयमासिक वित्तीय नतिजा प्रकाशित


  • जन आकाश
  • शुक्रबार, माघ ७ २०७८

 



काठमाडौ । एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७८÷७९ को दोस्रो त्रयमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आ.व. २०७८÷७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसाय तर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पु¥याउन सफल भएको उल्लेख गरेको छ ।

साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पु¥याउन बैंक सफल भएको, बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको, वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि गरेको,

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको, २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न बैंक सफल भएको निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको उल्लेख गरेको छ ।

बैंकले आ.व. २०७८÷७९ को दोस्रो त्रयमास सम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू सेवा बढाएको, त्रयमास सम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको, साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा अग्रणी स्थानमा रहेको बैंककले दावी गरेको छ । सधिर नाथ पाण्डेद्धारा जारी बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend