जन आकाश
काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको छ ।
खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्षबिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमा शूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो । उक्त दावी पश्चात पनि उहाँको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले उक्त दावी प्रदान गर्ने क्रममा बताएको थिायो ।
सूर्या लाइफइ न्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभाग काकर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले चेक हस्तान्तरण गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend