logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एनआईबिएल समृद्धि फण्ड –१ को शेयरहरु बिक्रीमा


  • जन आकाश
  • बिहिबार, माघ १३ २०७८

Nepal Investment Bank at Durbar Marga in Kathmandu. Photo: Sureis/THT Online

काठमाडौ । नेपालइन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना–एनआईबिएल समृद्धि फण्ड – १ मिति २०७८÷०९÷२२ गते परिपक्व भएको थियो ।



सोही योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु÷ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १००÷– को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १०००÷– को दरले बोलकबोलको माध्यमबाट आवेदन िदन सकिने जनाइएको छ ।

साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले,मिति २०७८ माघ १३ गते देखि मिति २०७८ माघ २०गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आपूmले लिन चाहेको शेयरहरु÷ऋणपत्रहरु दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend