जन आकाश
२०७८ को जन गणनाको सम्पुर्ण गृहकार्य गरेर नतिजा प्रकाशन गरेको केन्द्रीय तथ्याङक बिभागको नतिजाप्रति केही पाहाडी जिल्लाहरुको संख्या नमिलेको भनेर सर्वसाधरणले गुनासो गरेका छन् ।
२०७८ सालको जन गणनाको नतिजा प्रकाशन भएको रामेछापको जनसंख्या १७०,६२० रहेको छ । २०६८ सालमा रामेछापको जनसंख्या २ लाख २ हजार ६४६ थियो । १० वर्षमा ३२ हजार जनसंख्या घटेको देखिएको छ । उक्त संख्यालाई प्रतिशतमा तथ्याङक बिभागले –१.६५ भएको देखाएको छ ।
रामेछापमा यसरी जनसंख्या ऋणात्मक हुनु विविध कारण पक्कै छ । तर भुगोलको आधारमा हेर्ने हो भने केही भुभाग हिमाली केही पाहाडी र थोरै मात्र समथर भएको रामेछापमा जिल्लावाट धेरै मानिसहरु अन्यत्र काम गर्न गएको बिषयलाई सवैभन्दा कारकको रुपमा मान्न सकिने आधार बढी छ ।
त्यसैकारण पनि यस बर्ष जाहा बसोवास गरिरहेको हो त्यहीवाट संख्या टिपाउने तरिका अपनाइएको थियो । काही नछुटुन कोही नदोहोरिउन भन्ने नाराका साथ जनगणना भएको थियो ।
विविध कारणले गर्दा जनसंख्या ऋणात्मक भएको भएपनि कतिपय विवरणहरु भने केन्द्रीय तथ्याङक बिभागले खटाएका कर्मचारीहरुको विवरण लिने तरिकामा कमजोरी भएको होकी भन्ने कतिपय रामेछापका मानिसहरुको भनाई जिल्लाको सदरमुकाम मन्थली आसपासका क्षेत्रमा मानिसहरुले कुरा गरेको सुनिन थालेको छ ।
रामेछापका कतिपय सर्वसाधरणहरुले आफ्नो विवरण छुटेको सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् ।हुनत जनगणना गर्दा जे विवरण छ । त्यो विवरण भन्दा कसैले बिरोध गरेर बढाउन सकिदैन । तर
भएको विवरण छुट्यो भने तथ्याङ बिभागले जनगणना जुन उदेश्यका लागि गरिएको हो त्यो लक्ष्य प्रप्त गर्न सक्दैन । राष्ट्रिय योजना आयोग अन्र्तगत राष्ट्रकोे विकासका लागि जनसंख्या, भुगोल, र त्यहाको अवस्था हेरेर राष्ट्रकोे नीति बनाउन नेपालमा प्रत्येक १० बर्षमा जन गणना गर्ने गरिएको छ । तर कतिपय विवरणहरु सही आएनान भने राष्ट्रको नीति नै भोलिका दिनमा फेल हुन सक्छ । यता तिर ध्यान दिएर काम गर्न सम्बन्धित निकायको ध्यानकर्षण हुनैपर्छ ।
त्यस्तो कमजोरी भएको हो भने केन्द्रीय तथ्याङक बिभागले तुरुन्तै जवाफ दिनुपर्छ । यदि कमजोरी भएको होइन भने तथ्याङक तथ्यमा आधारित हो भन्ने प्रमाण रामेछापका छुट्यौ भन्ने जनतालाई नबुझेर त्यसो भनेका रहेछन् भने उनिहरुले बुझ्ने गरी तथ्याङक बिभागले बझाईदिनुपर्छ । त्याहाका जनताले भनेको जस्तै तथ्याङक बिभागले कमाजोरी गरेर तथ्याङक लिने तरिकामा समस्या आएको रहेछ भने पुनः जनगणना गर्न ढिलो गरिनुहुन्न ।
किनकी केन्द्रीय तथ्याङक बिभागले ३ महिना लगायर कलेक्शन गरेर जनगणना सार्वजानिक गर्दा ३ हजारसम्म तलमाथि हुनसक्ने भनेर उल्लेख गरेको छ । त्यो ३ हजार तलमाथि भनेको ठाउँमा रामेछापको जनसंख्या र गयको २०७४ सालमा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा प्रकाशित जनसंख्या भन्दा कम देखाउछ । भने अर्कोतर्फ गएको मतदाता संख्या भन्दा अहिले १०००० हजारको हाराहारीमा मतदाता संख्या बृद्धि भएको पनि जिल्ला प्रशासन कार्यलयको रेकर्डले देखाउछ ।
यी माथिका आधारहरुलाई मान्दा २०७८ सालको जनगणनामा रामेछापको बिषयमा तुर्टी भएको हो की भन्ने आशंका बढेर गएको छ । यदि त्यस्ता तुर्टी भएका रहेछन् भने तत्कालको तत्कालै रामेछापमा फास्ट ट्याकवाट संवेदनशील भई केन्द्रीय तथ्याङ बिभागले जनगणना गर्न योग्य गणकहरु पठाएर काम गर्नुको बिकल्प देखिदैन ।
यसरी सत्य तथ्य के हो नआउनजेलसम्म रामेछाप जिल्लाको जनगणनाको बिषयमा शंका र अन्यौलता रहिरहने देखिन्छ । त्यसकारण केन्द्रीय तथ्याङक बिभागले यसको जवाफ छिटोभन्दा छिटो ति छुट्यौ भन्ने रामेछापका जनतालाई देओस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend