logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मुक्तिनाथ बैंकका ग्राहकहरुलाई अनलाइन सपिङ्ग बजेट पसलडट कममा विशेष छुट

बैकसँग पसल डटकमको सम्झौता


  • जन आकाश
  • बुधबार, माघ १९ २०७८

 



काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ्ग बजेट पसल डट कम सँग व्यवसायिक सम्झौतामा हस्ताक्षर भएको छ ।

बजेटपसल डट कम द्घारा केही किल्कबाट नै सजिलै विभिन्न सामाग्रीहरु जस्तै खाद्य वस्तुहरु, मोबाइल , ल्यापटप तथा अन्य विद्युतीय सामाग्री , घरेलु सर सफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको जनाएको छ ।

नेपालमा कोरोनाको हल्लापछि अनलाइनमा दख्खल राख्नेहरुले बिभिन्न माध्यम अपनाएर पैशा कमाउने मेलोमा लागेका छन् । धेरै थरीले धेरै प्रकाका सुविधा दिने बताए पनि विश्वसनीय कुनैको पनि देखिएको छैन । बैकले आफ्नो ग्रहकको हित चिताउनु स्वभाविक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend