जन आकाश
नेपालमा राजनीतिक पार्टीको नेतृत्व गर्ने व्याक्तिहरु नै संसद, प्रदेश सभासद, स्थनीय सरकारको प्रतिनिधि हुन पुग्छन् र देशको नियम, कानुन बनाउने महत्वपुर्ण निकायमा यिनै राजनीतिक व्याक्तिहरु हुन्छन् उनिहरुले जस्तो खालको कानुन बनायो त्यस्तै खालको व्यवस्था बन्ने गरेको विगतको अनुभवले पनि त्यही देखाउछ ।
त्यो मात्र काहाँ हो र अन्तराष्ट्रियस्तरमा सहभागिता जनाउन पनि राजनीतिक पार्टीको प्रतिनिधित्व वा पार्टीवाट निर्वाचित भएका र सरकारमा नेतृत्व गरिरहेका व्याक्तिहरु नै सहभागि हुने गर्दछन् । यस्ता ठाउँमा कुटनैतिक डेप्लोमेसी पनि अत्तिनै आवाश्यक हुने गर्दछ ।
यस्ता महत्वपुुर्ण निकायमा समेत राजनीतिक पार्टीका व्याक्तिहरु रहनुपर्ने वाध्यतालाई ध्यानमा राखेर नेपालमा राजनीतिक पार्टीहरुको नेतृत्वमा उमेर हद र शैक्षिक योग्यताको सीमा तोकिनु पर्ने देखिन्छ । यसो गर्न सकियो भने नेपालका नेपालीहरुले चाहेको पुस्तान्तरण क्रम भङग पनि हुने र बृद्ध भइसकेका नेतृत्वहरुलाई बद्धा अवस्थामा पनि सकी नसकी देशको वारेका सोच्नुपर्ने बाध्यता हट्ने थियो ।
एउटा सामान्य कर्मचारी खरदारको जागिर खानालाई त कम्तीमा वोर्ड एक्जाम दिएको योग्यता पुगेको हुनुपर्छ त्यो पनि फ्री कम्पीडिशनवाट आउनुपर्छ भने देशको कानुन,व्यवस्था नै बनाउने क्षेत्रमा र राज्य सञ्चालन गर्ने महत्वपुर्ण निकायमा कुनै शैक्षिक योग्यता नराख्दा राजनीति नै बिकृत हुदै गएको छ । अराजनीतिक बढेको छ ।
कम्पतीमा पनि राजनीतिक पार्टीको सदस्य हुनको लागि एसईई र महत्व पदमा पुग्नको लागि वोर्ड एक्जाम दिएको अर्थात प्लस टु पास गरेको हुनुपर्ने अनिवार्य सीमा तोकिनु पर्ने देखिन्छ ।
उमेर हदको सवालमा ६० बर्षभन्दा माथिका कुनैपनि नेपालीहरुले देशको प्रमुख कार्यकारी नेतृत्व गर्न नपाउने व्यवस्था लागु गर्नपर्छ । यस्ता महत्वपुर्ण कामहरु नेपालले गर्न सकेको खण्डमा नेपालको शासकीय स्वरुपमा समेत परिवर्तन आउन सक्ने देखिन्छ ।
यी कामहरु राजनीतिक पार्टीहरुले इमानदारिता देखाएको खण्डमा मात्र सम्भव छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend