logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सूर्यालाइफ इन्स्योरेन्स कम्पनीद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी


  • जन आकाश
  • मंगलबार, माघ २५ २०७८

 



काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुको उपस्थितिमा दिपेन्द्र परियारलाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले चेक हस्तान्तरण गरेर घातक रोगको उपचार गर्न हौशला प्रदान गरेका थिए ।

कम्पनीको आ.व. २०७८÷७९ को पुष मसान्त सम्ममा ५७४ पोलिसीको कुल रु ३२,२७,९६,१०५÷–भुक्तानी भइसकेको छ । जनमानसमा बीमा दावी भुक्तानी सम्बन्धी नकारात्मक आवधारणालाई परिवर्तन गरी दावी भुक्तानीलाई सरल, पारदर्शी र सत प्रतिशत फछ्र्यौट गर्नेे अभियानमा सूर्या लाइफ रहेको कुरा प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend