जन आकाश
काठमाडौ । २८ राजनीतिक दलहरुले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई बुझाए ज्ञापनपत्र
स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी भएको र यसले नागरिकहक अधिकारको समेत उपेक्षा गरेको ठहर गर्दै सङ्घर्ष समितिले मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष टोपबहादुर मगरले सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रको थप अध्ययन गरी आयोगको अधिकार क्षेत्र भित्र रहेर निर्वाचन आयोग र नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने बारेमा उपयुक्त निर्णय गर्ने बताएका थिए ।
ज्ञापन पत्र र फोटोहरू इमेलमा संलग्न गरिएको छ।
गएको केही दिन अगाडी माात्र २४ वटा राजनीतिक दलहरुले स्थानीय निर्वाचनमा राष्ट्रिय पार्टी मान्यता प्रप्त भएका दलहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने कानुनी व्यवस्था विभेदकारी भएको भनेर त्यसको बिरुद्ध सर्घष गर्ने भनेर संयुक्त वैठक बसेको थियो । सो सर्घष समितिमा अन्य ४ दल थपिएर आज २८ दलले ज्ञापन पत्र बुझाएका छन् । दलहरुको नाम निम्न रहेका छन् ।
१ आमूलपरिवर्तनमसिहापार्टी
२ उन्नतलोकतन्त्रपार्टी
३ एकीकृतशक्तिनेपाल
४ गान्धीवादीपार्टीनेपाल
५ जनजागरणपार्टीनेपाल
६ जनतासमाजवादीपार्टी, नेपाल
७ जनमतपार्टी ९ज। पा।०
८ जनसमाजवादीपार्टीनेपाल
९ नेकपा ९समाजवादी०
१० नेपालआमापार्टी
११ नेपालजनतापार्टी
१२ नेपालदलितपार्टी
१३ नेपालपरिवारदल
१४ नेपालविवेकशीलपार्टी
१५ नेपालसङ्घीयसमाजवादीपार्टी
१६ नेपालसमाजवादीपार्टी
१७ नेपालसमाजवादीपार्टी ९लोहियावादी०
१८ नेपालसुशासनपार्टी
१९ नेपालीकाँग्रेस ९वी। पी।०
२० नेपालीजनतादल
२१ बहुजनसमाजपार्टीनेपाल
२२ मौलिकजरोकिलोपार्टी
२३ राष्ट्रियजनमुखीपार्टीलोकतान्त्रिक
२४ राष्ट्रियप्रजातन्त्रपार्टी
२५ विवेकशीलसाझापार्टी
२६ समाजवादीपार्टीनेपाल
२७ सर्वदलीयसङ्घीयपरिषद्
२८ सामाजिकलोकतान्त्रिकपार्टी
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend