logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

२०७९ चैत्रसम्म रामेछाप नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्ने


  • जन आकाश
  • मंगलबार, फाल्गुन ३ २०७८

 



रामेछाप । रामेछाप नगरपालिकाले २०७९ चैत्रसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणा गर्न गर्नुपर्ने कार्यहरुको लगि कटिबद्ध भएर लाग्ने बताएका हुन् । रामेछाप नगरपालिकाकाको आयोजनामा भएको सामाजिक सशक्तिकरण अभियाँनमा सम्बन्धित सरोकारवालाहरुलाई फेसलेटर बिष्णु प्रसाद चर्तुरवेदीले प्रशिक्षण दिएका थिए । र बाल मैत्री घोषणा गर्न पुरा गर्नुपर्ने मापदण्ड वारेमा जानकारी गराए पछि नगरपालिका जन प्रतिनिधिहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।

उनिहरुले् आ–आफनो ठाउँबाट बालमैत्री नगरपालिका घोषणा गर्न गर्नुपर्ने कामहरु सवैै गर्न तत्पर रहेको कार्यक्रममा बताएका थिए। वडा नं ६ का वडाअध्यक्ष धन ब खड्काले बालमैत्री नगरपालिका घोषणा गर्न आफुहरु लागिपर्ने प्रतिबद्धता गरेका थिए ।

त्यसै गरी वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले ढिलै भएपनि बालमैत्री नगरपालिका घोषणा हुन लागेको भन्दै आफनो वडाबाट यसमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी ५ नम्बर वडाले स्कुलहरुमा बालमैत्री घोषणा गरिसकेको र केही वस्तीमा मात्रै बालमैत्री घोषणा हुन बाकी रहेको वडा अक्ष्यक्ष्ँ भीम बहादुर तमाङले बताएका थिए ।

कार्यक्रमा नेपाली कांग्रेस रामेछाप नगरका सभापति कमल विक्रम कार्की, माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङ,नेकपा एमाले रामछाप नगरका सचिव सुन्दर घिमिरेले आ–आफनो पार्टीले बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । श्री गौरीशंकर माविका प्रधानाध्यापक निर ब कार्कीले बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान विद्यालयबाटै सुरु गर्ने प्रतिबद्धता गरेका थिए ।

बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यशाला रामेछाप नगरपालिकामा सोमवार र (मंगलबार) सम्पन्न भएको हो । बालमैत्री नगरपालिका घोषणाका लागी सरोकारवालाहरुको बालमैत्री अवधारणा सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै नगरलाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्यले अभिमुखिकरण गरिएको महिला तथा बालबालिका शाखाकी सरीता बुढाथोकीले जानकारी दिएकी हुन् ।

अभिमुखिकरण कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगर,उपप्रमुख सृजना खड्का,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे, वडाध्यक्षहरु,वडाकासचिवहरु,नगरपालिकाका कर्मचारी, बिद्यालयका प्रधानाध्यापकहरु, सुरक्षा निकायका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । सबैले बालमैत्री नगरपालिका घोषणा गर्न आ–आफनो ठाउँबाट लाग्ने हस्ताक्षर मार्फत प्रतिबद्धता जनाएका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend