जन आकाश
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा गएको २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा(एमाले) पार्टीवाट अध्यक्ष जितेका केदार क्षेत्रीले नेकपा एमाले परित्याग गरेका छन् । उनले पार्टी छोड्नुको कारण यसरी विस्तार गरेर पार्टीभित्र व्यक्तिवादी र सामन्तीवादी प्रवृति मौलाउँदै गएको भन्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमाले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षका दावेदार रहेका क्षेत्रीले सहमतिमा नै नेतृत्व चयन गर्न आफूले मार्गप्रसस्त गरेपनि कुनै छलफल नभएको भन्दै विज्ञप्तीमार्फत सार्वजानिक गरेका छन् ।
२०३८ मा एमालेको विद्यार्थी संगठनबाट राजनीतिक जीवन सुरु गरेका उनले जिल्ला अध्यक्ष हुँदै अञ्चल कमिटी सदस्य तथा नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्मा निर्वाचित भएका थिए ।
भने अहिले एमालेको द्धवद्रचरित्र प्रति अर्थात एमसिसि सम्झौताको बिषयमा पनि उनले प्रेस वक्तव्य पढ्ने क्रममा उल्लेख गर्दै विगतको जनताको पार्टी एमाले अव जनताको पार्टी नरहेको बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend