जन आकाश
काठमाडौ । अजोड ईन्स्योरेन्स लिमिटेडले यहि मिति २०७८÷११÷०६ गते आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले चालु आ.व. २०७८÷०७९ को पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको साधरणसभामा जानकारी दिएको थियो ।
कम्पनीले भनेको छ । थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असर ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७÷०७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको, खुद नाफा रु.१०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको उल्लेख गरेको छ ।
सञ्चालक समितिले गरेका निर्णयहरु पनि सार्वजानिक गरेको छ ।
१) संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७७।०७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरेको ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८÷०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend