जन आकाश
काठमाडौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानीगर्न सक्नेछन् । यस्तै इसेवामान्यूनतम रु सय रकमलोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिन्छ सकिन्छ । रिवार्ड प्राप्तगर्नको लागि रिफर लिंक आएको ७ दिनभित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ ।
इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको इसेवाले जनाउदै आएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथ ावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend