जन आकाश
काठमाडौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आज ३५ औं बार्षिक उत्सव सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको थियो जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजन ासमेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको हो । उक्त अवसरमा कर्मचारीहरु माझ विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न गरिएको, कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम नगरिएको कम्पनीले जानकारी दिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend