जन आकाश
एमसिसि के हो के होइन आम जनताले बुझ्न चाहेका छन् । जनतालाई बुझाउन कुनै राजनीतिक दलले अहिलेसम्म एमसिसिको वारेमा कुनैपनि दस्तावेज जनतालाई तल तलसम्म पठाएका छैनन् । तर राजनीतिक पार्टीहरुको तर्क र कुतर्क भने जारी छ । त्यो पनि देखावटी आफ्नो पार्टीलाई आउदै गरेको निर्वाचनमा जनताको पक्षमा बोलेको जस्तो देखाउन मात्र सत्तामा भएका राजनीतिक दुई पार्टीको कुरा यस्तै छ । त्यो भनेको नेकपा (माओवादी केन्द्र) नेकपा (समाजवादी) पार्टीको तरिका हो यो ।
त्यसैगरी विपक्षी पार्टी नेकपा (एमाले) को चरित्र पनि त्योभन्दा कमको छैन । एमसिसि सम्झौताको बिषयमा बाहिर नबोल्ने तर भित्र भित्रै मौन समर्थन गर्ने जस्तो अवस्था छ । तलका कार्यकर्ताले बुझेर वा नबुझेर बिरोध गरे त्यो पनि पार्टीले कुनै जानकारी राख्ने गरेको देखिदैन । अर्को पार्टीका माथिल्ला नेताले जे बोलेपनि त्यही ठिक भनेर तल कराउन थाल्ने अन्धो भक्त सस्कृति पनि एमाले भित्र नै देखिन्छ ।
केही दिन अगाडी एमसिसिको विरोधमा उत्रिएका एमालेका कार्यकर्ताहरु माथिल्ला नेताहरुले एमसिसिको समर्थन गरेजस्तो देखिन थालेपछि तल चुपचाप बसेका छन् ।
सत्तामा जान अनेक बाहाना खोजेर बसेको एमालेले एमसिसि सरकारको गठबन्धनले पास गरे चुनावमा एमसिसि राष्ट्रधाति सम्झौता भनेर चुनावमा मत लिने यदि सरकारको नेतृत्व गर्न पाए सरकारमा जाने र यता चुनावसम्म सारेर लन्ठ्याउने उता अमेरिकालाई एमसिसि पास र्गछौ भनेर आस्वस्त पार्ने तरिकावाट काम एमालेले गरिरहेको छ ।
नेपाली काँग्रेसले जनतालाई एमसिसि सम्झौता गरेर नेपालमा अरबौ अमेरिकी सहयोग ल्याउन चाहेका थियौ तर अन्य राजनीतिक पार्टीहरुले विरोध गरेको कारण त्यो सफल भएनौ भन्दै निर्वाचनमा जाने तयारी गरिरहेको छ ।
डेट एक्सपायर भइसकेकाहरु जस्तै डोके, फुङले, नाङले, भुरे, टाकुरे पार्टीहरुले एमसिसिको विरोध गरेर परिचित हुने आशयका साथ काम गरिरहेका छनु भने कुनैवेला अन्यौलताको समयमा मन्त्री खान पाएजस्तै न त्यस्तो चान्स आउछकी भन्ने मनसायवाट प्रेरित देखिन्छन् । त्योभन्दा ठुलो काम ति फुङले पार्टीहरुको पनि देखिदैन ।
त्यो भन्दा फरक तप्का जो अमेरिकाको विरुद्ध नेपालमा स्कुलिङ गरिका कम्युनिष्ट इतरकाले त अमेरिकाको भन्ने बित्तिक्कै विरोधमा उत्रिइ हाल्ने तप्का छ । त्यो त स्वत सडकमा आइनै हालेकै छ ।
स्वत जनताको पनि यतिवेला एमसिसि पास गर्नु हुदैन सवैले राम्रोसँग अध्ययन गरेर नेपालको हितमा नभएका वुदाहरु हटाउन अमेरिका तयार भयो भने मात्र पास गर्नुपर्छ भन्ने कोणवाट जनताको आवाज उठिरहेको छ । नेपाल र अमेरिका वीचमा मैत्रीपुर्ण सम्बन्ध छ भने अमेरिकाले नेपालका जनताले अध्ययन गर्न समय मागेका छन् । यदि पार्टीहरुले एमसिसिको विरोध गरेजस्तो सम्झौतामा रहेनछ भने त जनताले नै अमेरिकाको सहयोग लिदा हुन्छ भनेर राजनीतिक पार्टीहरुलाई दवाव दिन सक्छन् ।
तर समय यसरी अगाडी बढेको छैन । अमेरिकाको बिदेश साहायक मन्त्री डोनाल्ड लुले नेपालका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई फोन गरेर एमसिसि पास गर्न दवाव दिएपछि कहिल्यै अर्काको पराधिन नस्वीकारेका नेपाली जनता जुरुक्क उठेर के भनेको रे मात्र भन्दै आक्रोश पोख्न निस्केका थिए । जनतालाई सधै झुक्याएर राजनीतिक दलले गरेको फटाई एमसिसि मुद्दामा पनि देखियो ओहो जनताको म्याण्टेड त यहा पो रहेछ । भनेर सत्तामा भएका दलहरुले आफ्नै जनवर्गीय संगठनलाई सडकमा विरोध गर्न लगाउने र यता संसदमा टेवल गर्न दिने दोहोरो नीति देखाए ।
एमाले सत्तामा जाने पालो आउला भन्ने दाउमा चुप लागेर बस्यो एमसिसि देश र जनताको लागि हो वा होइन ठोकुवा गरेर सम्झौता प्रत्यक्ष जनता समक्ष राखेर गर्नुपर्ने काम नगरेर एकोहोर नेपली काँग्रेस पास गर्नुपर्छ भन्दै एमालेको घर धाउने, साना ठुला दलहरु राष्ट्रधति छ भन्दै विज्ञप्ति मात्रै निकाल्ने र साना पार्टीहरुले मात्र विरोध गर्ने गरिरहेका छन् । जनता साना दलले गरेका विरोधसभामा थपिदै गएका छन् ।
देशको विरुद्धमा एमसिसि छ भने तुरुन्तै ठुला साना सवै पार्टीले युद्ध नै गर्नुपरेपनि पछाडी हट्नु हुदैन । कोठामा बसेर बिज्ञप्ति निकाल्ने र यस्तै कुनै चर्चाको बिषय आउदा फलानो पार्टीको प्रमुख रहेछ भनेर चिनिन मात्र बिज्ञप्तिमा साइन गर्ने गर्नुहुदैन । देश र जनताको लागि घर, कोठा छोडेर सर्घषको मैदानमा उत्रन ढिलो भएमा यदि एमसिसि सम्झौता विरोध गर्ने पार्टीहरुले भने जस्तै अमेरिकी सैनिक रणनीतिको योजना रहेछ भने त पास भएको भोलिपल्ट वाट त अमेरिकाको सेना नेपाल आइसकेको हुन्छ ।
त्यतिवेला गर्ने विरोध, जुलुस, धर्नाले केही गर्न सक्दैन । अमेरिकाले विरोध गर्नेहरुलाई सडकमा गोलि हानिदिन सकछ । मर्ने मरेको मर्यै हुन्छ । अमेरिकाले नेपालसँग गरेको सम्झौता देखाउछ ।
अमेरिकाका सेनालाई नेपालमा कानुन नलाग्ने जस्ता वुदाहरु छन् भनिएको छ । एमसिसि परियोजनाका कुनैपनि कामको कारोवारमा नेपाल सरकारले कर लिन नपाउने सुरक्षा जाच गर्न नपाउने अडिट गर्न नपाउने अडिट हेर्न चाहेमा नेपाल सरकारले समेत एमसिसिसँग अग्रीम निवेदन दिनुपर्ने, नेपालको टान्समिशन लाइन बनाउन भारतलाई सोध्नुपर्ने, एमसिसि सँग नेपालको कानुन बाजिएमा एमसिसिको कानुन लागु हुने जस्ता वुदाहरु भएको विरोध गर्ने पक्षको भनाई छ । यस्तो हो भने त नेपाली जनताले अमेरिकालाई उल्टै यस्तो कानुन तिमी पनि मान हामी यति नै पैशा दिन्छौ भन्न सक्छन् ।
यदि त्यस्तो होइन भने अमेरिकाले पुष्टि गर्नुपर्छ । नेपालमा यति धेरै विरोध र विवाद भयो केही समय लगायर नेपाली जनतालाई राम्रोसँग बुझाएर आखिर सहयोग गर्न चाहेको न हो नेपाल र अमेरिका मैत्रीपुर्ण सम्बन्ध राखिरहन चाहेको हो भने अमेरिकाले नेपालको अप्ठ्यारो बुझ्नुपर्छ ।
अमेरिका शक्तिशाली राष्ट्र भएको हुदा नेपालका नेताहरुलाई समेत अप्ठ्यारो परेको परिस्थितिलाई मध्यनजर गरेर एमसिसि तत्कालै फिर्ता गरेर नेपालको हित चाहेकै हो भने विगतमा दिदै आएको सहयोगको मोडलवाट नै सहयोग गर्न सक्ने बिकल्प अमेरिका सँग छ ।
यदि यी कुराहर समयमै दुवै देशले राम्रोसँग बुझेर सावधान निकाल्न नसकेको अवस्थामा दिर्धकालीन असर दुवै राष्ट्रलाई पर्न सक्छ । समयमै बुद्धि पु¥याउनु जाति हुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend