जन आकाश
काठमाडौ । नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेष्डर नियुक्त हुुनु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बेष्डर नियुक्त सम्बन्धी सम्झौता भएकोई सेवाले जानकारी दिएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजय लामा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको उल्लेख छ । क्याप्टेन बिजय लामा ब्राण्ड एम्बेष्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको ईसेवाले जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो “ विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेष्डर बनाउन पाउँदा हामीलाई गर्व महशुस भएको छ । कार्यक्रममा एफवान थप पारदर्शीता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”
यस्तै कार्यक्रममा ब्राण्ड एम्बेष्डर विजय लामाले “ नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुशी लागेको बताउनु भयो । इसेवाले आन्तरिक टिकटिङ्ग क्षेत्रमा आफुले प्रुफ गरिसकेको छ र अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा पनि आफुलाई प्रुफ गर्ने विश्वास रहेको छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु ।”
कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सका निर्देशक मेख केसीले पनि अन्तराष्ट्रिय टिकटिङ्गको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट विक्री गर्दे आएकोमा अन्तराष्ट्रिय उडानहरुको समेत टिकट विक्री गर्न सुरु गरेको छ । वैदेशीक यात्रामा जाने हरेक नेपालीले इसेवा मार्फत कुनैपनि देशका कुनैपनि गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिन्छ भनि उल्लेख गरेको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend