logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

१ करोडको बीमा प्रति महिना रु १२ सयमा सुर्या लाइफमा गर्न सकिने


  • जन आकाश
  • मंगलबार, फाल्गुन १७ २०७८

काठमाडौं ।¬ सर्वे भवन्तु सुखिनः भन्ने मुलनारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षा वरण होस भन्ने अभिप्रायले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना मिति फाल्ग्न १६, २०७८ देखि लागु हुने गरी कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।



हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरना भाइरसले जनजीवनमा देखिएको सुस्तताका कारण समेत जीवनको रक्षा वरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीको दावी गरेको उल्लेख छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको उल्लेख छ ।

१८ वर्षको उमेर समुहले रु १ करोडको बीमाङ्कमा वार्षिक रु १४,५५०÷– वा मासिक रु १२ सयमा नै जीवनको रक्षा वरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षा वरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमा शुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको उल्लेख छ । सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आयश्रोतको आधारमा जतिपनि गर्न सकिने उल्लेख छ ।

जोखिम बहनका साथै अतिरिक्त क्रियाखर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुनेगरी लिन सकिने उल्लेख छ । १ देखि ३० वर्षसम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend