logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एमसिसिले उठाएको प्रश्नको उत्तर खोजौ 


  • जन आकाश
  • मंगलबार, फाल्गुन १७ २०७८

एमसिसि सदनवाट अनुमोदन भइसकेपछि देशमा थुप्रै खालका समस्या उत्पन्न भएका छन् । सुर्खेत लगायत शहरहरुमा त र्कफ्यु लगाउनुपर्ने सम्मको वातावरण बनेको छ । अर्कोतर्फ माओवादीको जनयुद्ध शान्ति प्रक्रियामा आइसकेपछि शान्त रहेको नेपाललाई अस्थिरतामा धकेल्ने तत्वहरु केही निहु पाउ भनेर बसेको वेला यहि एमसिसिको जनताले विरोध गरिरहेको अवस्थामा संसदहरुले सदनवाट पास गरिसकेपछि आक्रोशित जनताले उप्रदो मच्चाएका छन् । यो स्वाभाविक नै हो । जनताले आक्रोश पोख्छन् नै ।



यस्ता समस्याहरु देशमा आइसकेपछि जिम्मेवारीपुर्वक सम्बन्धित निकायले संयमता पुर्वक सावधानको उपायहरु अपनाउन जरुरी छ । र जनतालाई पनि संयमित हुन अनुुरोध गर्न ढिलो गर्नुहुदैन । जनतामा एक खालको भ्रम छ । एमसिसि परियोजना अमेरिकाले अफगानिस्तान जस्तो नेपाललाई पनि बनाउन ल्याएको परियोजना हो भन्ने बुझाई गइसकेको छ । त्यो आज सत्तामै रहेका पार्टीहरुले विगतमा विरोध गरेर यस्तो वातावरण बनाएका हुन् ।

तिनै राजनीतिक पार्टीहरुले त्यस्तो होइन भनेर ११ वुदामा ब्याख्यात्मक घोषणा सहित सदनमा पास गरिसकेका छन् । यसै बिषयलाई लिएर धेरै उछालेर पुनः देशलाई अस्थिरतामा लान दिनु हुदैन भनेर सचेत नागरिकहरुले पनि सुझाव दिन ढिलो गर्नुहुदैन । यो राष्ट्रसँगको प्रश्न हो ।
पछिल्ला घटनाहरु हेर्दा देशमा द्धन्द्ध सृर्जना गर्ने खालका गतिविधि देखिएका छन् । द्धान्द्धले कुनैपनि देश विकास भएका छैनन् । फेरी आजको युग वल, घमण्ड, बन्दुुकको साहारामा कुनै पनि युद्ध, लडाई लड्ने तरिका नै फेल हुन थालिसक्यो त्यसैले नेपालमा एमसिसि परियोजना विवाद भएको थियो पास गर्न राजनीतिक दलहरुले नगरेको भए राम्रो हुन्थ्यो केही समय जनतामा पठाएर राम्रोसँग बुझाएर गरेको भए झनै राम्रो हुन्थ्यो त्यस्तो भएन । सदनवाट जे हुनु भइसक्यो हामीसँग अरु विकल्प छैन ।

विगतमा जसरी देशमा व्यावस्था ठिक भएन, सामान्तवाद फाल्नुपर्छ, गणतन्त्त ल्याउनुपर्छ, प्रजातन्त्र ल्याउनुपर्छ भनेर हामी नेपालीहरुलाई परिवर्तनको नाममा युद्ध, क्रान्त्रि, विरोध, हत्या, हिंसा गरेर देशमा अस्थितरता उन्पन्न गराउदा देशका भएका राम्रा पक्षहरु पनि गुमाउदै आउनु परेको छ । केवल परिवर्तन नाम मात्रको भएको र देशलाई नोक्शान मात्र पु¥याउने काम मात्र भएको छ ।

नेपालको पुजी, सीप, दक्ष जनशक्ति पलायन हुन थालेको परिवर्तनको नाममा आएको प्रजातन्त्र पछि नै हो । आजसम्म आइसक्दा उधोग, कलकारखाना, निजीकरण गरेर बन्द गराएर नेपाली श्रमिकहरुलाई रोजगार बिहिन बनाएका थिए ।

राष्ट्रको राष्ट्रिय नीति खलबलिदा अस्थिरतामा देश भएको वेला पारेर कोशी, गण्डकी, माहाकाली जस्ता असमान सन्धिहरु भएका थिए । यो अवस्थामा पु¥याउन वाहिरवाट अरुले नै भुमिका खेलेको भएपनि द्धान्द्ध हामी नेपालीहरुले नै गरेका थियौ चाहे त्यो प्रजातन्त्र ल्याउने नाममा होस् वा गणतन्त्त ल्याउने नाममा नै किन नहोस् ।

त्यस्तै अहिले एमसिसिको विरोध गर्ने नाममा नेपालको विगत २०६३ सालको जन आन्दोलन पछि शान्त रहेको देश नेपालमा हिंसा रोपेर आफ्नो स्वार्थ पुर्ति गर्ने देशहरुले काम गरेको हुन सक्छन् । यस्ता प्रायोजित हिंसाहरुमा प्रयोग हामी नै हुने छौ । दुखः हामीले नै पाउने हो । त्यसकारण विगतका अनुभवलाई आत्मसाथ गरेर देश विकास गर्न हिंसा, द्धान्द्ध सृर्जना गरेर होइन । बुद्धिमता र मेहनत गरेर मात्र हुदो रहेछ भन्ने दक्षिण कोरियावाट पाठ सिक्नु मनासिव होला ।

दोस्रो विश्वयुद्ध पछि दक्षिण कोरियामा त अमेरिकी सेना नै बसेको छ । तर कोरियनहरुले दिमाग लगायर त्यतिवेला भियतनाम जस्तै हुनवाट जोगाएर कोरियालाई शान्त कोरिया बनाउन सके त्यसैको परिणाम आज दक्षिण कोरिया विश्वको अर्थतन्त्रमा टप टेन भित्र परेको छ ।

एमसिसि पास भइनै सक्यो अव नेपालमा अमेरिकालाई बुद्धि भएको देशसँग बुद्धि लगायर नै काम र विश्वास जितेर अगाडी बढ्नुको कुनै विकल्प छैन । विगतमा पनि अमेरिकाको हामीले सहयोग लिएकै थियौ यसरी सदनवाट नै पास गरेर मात्र नलिएका त हौ नि ।

समस्या आयो भनेर झन समस्या बढाउने तिर होइन । सावधान गर्ने उपायहरु खोजौ । नेपाल र अमेरिकाको विगत ७५ बर्षदेखिको कुटनैतिक सम्बन्ध पनि हामीसँग रहदै आएको छ । समस्याको सावधान खोज्न नेपालले बुद्धि पु¥याएर आग्रह गर्दा अमेरिका प्रजातान्त्रिक शक्तिशाली मुलुक पनि भएको हुदा नेपाल र अमेरिकाको हितमा हुने महत्वपुर्ण परिणाम आउने विश्वास गर्ने ठाउँहरु हुन्छन् । समस्याको सावधान माथि उल्लेखित तरीकाले खोज्दा नेपालको हित हुन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend