जन आकाश
अमेरिकाले इराक, अफगानिस्तानमा वमवारी गर्दा चुइक्क कोहि काही बोल्दैन । रसियाले युक्रेनमा बमवारी गर्दा चुइक्क कोही, काही बोल्दैन । त्यो राष्ट्रसंघ किन बनाएको रहेछ ? हुनत त्यस राष्ट्रसंघमा पनि यिनै राष्ट्रहरु भिटो प्रयोग गर्ने सदस्य राष्ट्रहरु हुन् । यस्त भिटो प्रयोग गर्न पाउने राष्ट्रहरु त मानवता प्रति झनै जिम्मेवार र जवाफदेही हुनुपर्ने हो ।
तर त्यस्तो देखिदैन । शक्तिशाली राष्ट्रहरुले नै मानवतामाथि अनेक बाहनामा बर्वरता गरेका छन् । अमेरिकाले अफगानिस्तानमा गरेको आकाशवाट बमवारी होस् वा रसियाले गरेको युक्रेनको आकाशवाट गरेको बमवारी किन नहोस् ति बमवारीवाट विभत्स जिउदै जल्दै मारिका निहत्था मानिसहरुको चित्कारले त्यही नै भन्छ । आकाशमा उडेको धुवामा मानिस पोलिएको गन्ध आउछ । यो जतिको पासविक र मानवता माथिको अपराध अरु के हुन सक्छ !

राष्ट्रसंघमा भिटो प्रयोग गर्न पाउने अन्य राष्ट्रहरु के हेरेर बस्छन् कि उनिहरु पनि आफ्नो स्वार्थ पुर्ति गर्नमात्र भिटो प्रयोग गर्ने सदस्य राष्ट्र बनेका हुन् ? यदि त्यस्तो होइन भने विश्वका साना र कमजोर राष्ट्रका जनता माथि भईरहेको बर्बतामा किन चुप बस्छन् ? कमजोर राष्ट्रका राष्ट्र प्रमुखले गल्ती ग¥यो होला त्यसलाई पर्केर अन्तराष्ट्रिय अदालतमा उभ्याउनको लागि अन्तराष्ट्रिय कानुन, अदालतको व्यवस्था पनि राष्ट्रसंघले गरेको छ । यस्ता विकल्पहरु अपनाउनुको सट्टा शक्ति राष्ट्रहरुले आवेगमा आएर ति कमजोर राष्ट्रका राष्ट्र प्रमुखले गरेको गल्तीको बदला लिन त्यस देशका सर्वसाधरण मार्ने गरी बमवारी गर्ने काम मानवता माथिको जधन्य अपराध हो । त्यसमाथि पनि विरामी अपचार गराईरहेका अस्पताल, बालबालिका खेलिरहेका स्कुल, कलेजमा भएका आक्रमण त झनै माहा अपराध हुन् ।
यस्तो काम शक्तिशाली राष्ट्रहरुवाट नै भएको छ । यो विश्वका मानवहरुको लागि सहन सक्ने विषय होइन । तर मानव चेत भएको मानिस पनि हो । जो मुर्ख देखि दैव डराउछ भने जस्तै राक्षेस जस्ता व्यवहार गर्ने शक्तिशाली राष्ट्रहरु विरुद्ध वोल्नसमेत डराउनु पर्ने अवस्था सृर्जना भएको छ ।
ईतिहाँसहरु हेर्दा त्यस्तैै देखिन्छ । प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्धमा सोभित संघ र संयुक्त राज्य अमेरिकाको खेमाको कित्ताकाट छुट्याएर उभिदा साना र कमजोर राष्ट्रहरु पनि युद्धको भुमरीमा परेका थिए ।
त्यही भएको हुनाले पनि साना र कमजोर राष्ट्रहरु अमेरिकाले गर्ने बमवारी र रसियाले गरिरहेको बामवारीमा चुप लागेर बसेका होलान् भन्ने अनुमान छ ।
यस्तै अवस्था मात्र आइरहने समस्याको सावधान संयुक्त राष्ट्रसंघमा आवद्ध सदस्य राष्ट्रहरुले मानवता माथिको अन्याय, अत्याचारको विरुद्ध नवोल्ने मानवतामाथि गरिने अपराधलाई कानुनी कठघरमा नउभ्याउने हो भने संयुक्त राष्ट्रसंघको औचित्य प्रश्न उठाउनुपर्छ ।
राष्ट्रसंघको परिकल्पना पनि कमजोर राष्ट्रहरुलाई कुनै शक्तिशाली राष्ट्रहरुले अन्याय अत्यचार गरेको खण्डमा संयुक्त रुपमा त्यो अन्याय अत्याचार गर्ने त्यस राष्ट्रलाई त्यस्तो जधन्य कार्य नगर्न पहल गर्ने नमानेमा संयुक्त रुपमै तह लगाउन बनेको राष्ट्रसंघमा आवद्ध सदस्य राष्ट्रहरुको कत्व्य हो भनि उल्लेख गरिएको छ । राष्ट्रसंघको घोेषण पत्रहरुले त्यही भन्छ ।
यो कत्व्य कुनैपनि सदस्य राष्ट्रहरुले सदुपयोग गरेको देखिदैन । साना र कमजोर राष्ट्रहरुले आट गरेनन् भने सत्यको पक्षमा भिटो प्रयोग गर्न शक्ने शक्तिशाली राष्ट्रहरु जस्तै चीन, फ्रान्स, वेलायत, अमेरिका, रुसले विश्वलाई आवह्न गर्न सक्ने बिकल्पहरु हुन् । तर त्यही रुस र अमेरिकाले त साना र कमजोर राष्ट्रहरुमाथि निरन्तर आक्रमय गरिरहेका छन् । यि अमेरिका र रुस वाहेक अन्य भिटो प्रयोग गर्न सक्ने राष्ट्रहरुले त पहल गर्नुपर्दथ्यो । त्यो गरेको देखिदैन ।
अहिलेसम्म विश्वमा दोस्रो विश्वयुद्धपछि अमेरिका र रसियाले बढि आक्रमण गरिरहेका छन् । अरुको राष्ट्रमाथि अन्दाधुन्ध बम, बारुद्ध फालेर मानिस मार्नमा कहिले आताङकारी लुकेको नाममा वा आताङकारीलाई संक्षण दिएको नाममा किन नहोस् ।
यसरी बाहनावाजी गरेर सर्वसाधरण जनता माथि बमवारी गर्ने काम बन्द गर्न विश्वका सवै संयुक्त राष्ट्रसंघमा आवद्ध सदस्य राष्ट्रहरुले आवाह्न गर्नुपर्छ । यदि सत्य, न्याय र मानवताको पक्षमा आवाज उठाउन र शक्तिशाली राष्ट्र भएकै कारण अपराध गर्ने छुट दिने हो भने संयुक्त राष्ट्रसंघ विघटन गरिदिए हुन्छ । विश्वका जनताले यहि बुझ्न थालेका छन् । त्यसैले जिम्मेवार राष्ट्रहरु जसले भिटो प्रयोग गर्ने अधिकार राख्छन् ।
र सदस्य राष्ट्रहरु जो साना भइकन पनि मध्यस्तको महत्वपुर्ण भुमिका खेल्न सक्छन सवैले मिलेर विश्वका साना राष्ट्रहरुमाथि भइरहेका अमानवीय काम बन्द गराउनु पर्छ । यो काम छिट्टो गर्नुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend