logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप नगरपालिकामा अन्तक्रिया कार्यक्रम समपन्न


  • जन आकाश
  • मंगलबार, फाल्गुन २४ २०७८

 



रामेछाप । रामेछाप नगरपालिकाको आयोजनामा र वातावरण संक्षण परियोजनाको सहकार्यमा सामाजिक न्याय र लैगिङक समानताः दिगो विकासको सुनिश्चितता भन्ने मुल नाराका साथ ११२ औ महिला श्रमिक दिवश २०७८ अन्र्तक्रिया गरी सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जनप्रतिनिधि महिला विभिन्न राजनीतिक दलका अगुवा महिलाहरु, विभिन्न संघ,संस्थामा आवद्ध रहेका महिलाहरु लगायतको उपस्थितिमा कार्यक्रम भएको नगारपालिकाले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय महिला दिवशको पृष्ठभुमि नेपालको संविधान, २०७२ घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ लगायतका कानुनहरुले महिलाका सवालमा गरेका हक अधिकारका विषयमा नगारपालिकाका कानुनी सल्लाकार लोकहरि दाहालद्धारा कार्यपत्र प्रस्तु गरिएको थियो । सो कार्यपत्र पस्तुती पश्चात कार्यक्रममा सहभागी महिलाहरु छलफलमा सक्रीय सहभागी भई आफ्ना गुनासा, समस्या, सवाल तथा सघर्षका बिषयमा छलफल गरिएको थियो ।

महिलाहरुले बिभिन्न समुह, समिति तथा संस्थमा रही कार्यगर्दा भोग्नुपरेका समस्या, महिलाहरुप्रति हेर्ने दृष्टिकोण, सामाजिक तथा सास्कृतिक रुपमा चल्दै आएका प्रथा एवम् परम्परा, पृति सत्तात्मक सोच,स्थानीय  स्रोत साधनको पहुच र नियन्त्रणमा महिलाहरुको सहभागिता न्युन रहेको जस्ता सवालहरुमा छलफल भएको थियो ।

नजिकिदै गरेको आगामी निर्वाचनमा महिलाहरुको अर्थपुर्ण राजनीतिक सहभागिताका लागि आफुहरु लागिपर्ने प्रतिबद्धता केही सहभागीहरुले जनाएका थिए । संघियता लागु भएसँगै लक्षित वर्ग र समुदायको नाममा निश्चित प्रतिशतमा विजियोजित हुने बजेट हाल बिनियोजन नहुदा लक्षित वर्ग र समुदायका कार्यक्रमहरु ओझेलमा पर्दै गरेको भनि अनुभवि महिला प्रतिनिधिले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा महिला समुहहरुद्धारा उनीजन्य सीपमुलक सामग्रीको समेत प्रर्दशन गरिएको थियो । त्यहा उपस्थित महिलाहरुमा उत्साहको उजागर हुनुको साथै सीपको सृर्जनाले आत्मनिर्भर हुन सिकाउने प्रष्टै देखिन्थ्यो ।

विकास भन्ने वित्तिक्कै भौतिक पुर्वाधार विकास मात्र हो भन्ने अधिकाँशको मानसपटलमा गुन्जिरहदा सामाजिक तथा सास्कृतिक विकास, आर्थिक विकास वातावरणीय विकास र मानवीय विकास ओझेलमा परेका तितो यर्थाथ हामी माझमा प्रष्ट रहेको छ ।

 

तत्काल परिणाम नदेखिनाले पनि यस्ता रचनात्मक कार्यक्रमहरु ओझेलमा पर्ने गरेको विज्ञहरुको विश्लेषण रहदै आएको छ । उक्त विश्लेषकहरुको विश्लेषणलाई आधार मानेर रामेछाप नगारपालिकाले यस्तै रचनात्मक कार्यक्रमहरु वेला वेलामा आयोजना गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगाधेले वताएका छन् ।

यस्ता रचनात्मक तथा संचेतनामुलक कार्यक्रमले महिलाहरुमा जागरुक्ता ल्याउने र आत्मनिर्भर, प्रतिस्पर्धात्मक रुपमा प्रतिस्पर्धा गर्दै समाज विकासमा समेत महिलाको उपस्थिति रहोस् भन्ने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गदै आएको प्रमुख प्रशासकीयले भनाई राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend