logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जेआइसि इन्सुरेन्सले अर्ध बार्षिक भव्य रुपमा मनायो


  • जन आकाश
  • बिहिबार, फाल्गुन २६ २०७८

 



काठमाडौ । जनरल इन्स्योरेन्सले मिति २०७८ फाल्गुन १९,२० र २१ गते पोखराको होटेल एल्लो प्यागोडा पोखरा प्रा लि.मा देशै भरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुको समुपस्थितिमा (भब्य अर्धबार्षिक मार्केटिंग कन्फेरेन्स २०७८ मनाएको छ ।

कार्यक्रममा शाखा कार्यलयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजना हरु पनि छलफल गरी उक्त कार्यक्रम को सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिय ।

पोखरा शाखा प्रमुख शिब प्रसाद देवकोटाले स्वागत स्वागत मन्तव्य राखेका थिए । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठको अध्यक्षता कार्यंक्रम भएको थियो । भने संचालक द्वोय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिन सम्म सभा संचालन गरिएको थियो ।

कार्यक्रम मा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई पनि सम्मान सहित ताम्र पत्र प्रदान गरेको थियो । संचालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको, शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमाशिक अवधिमा कार्य समिक्षा समय सापेक्ष हुने र योजना पनि यथार्थपरक हुनेबिषयमा जोड दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend