जन आकाश
नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) को १५औं साधारण सभामा संघका अध्यक्ष ईच्छाबहादुर वाग्लेको सभापतित्वमा २०७८फागुन २५गते एल्लो पगोडा होटेल, जमल, काठमाडौंमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै संघका अध्यक्ष वाग्लेले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने, संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिँदै यी कार्यहरुका लागि सम्बन्धित सरकारी निकाय हरुसँग निरन्तर रुपमा सम्वाद तथा अन्तरकृया गर्नुपर्ने कुरा बताएकमा थिए ।
त्यस्तै उनले सदस्यहरु बीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता आंैल्याएका थिए ।
सो अवसरमा संघका उपाध्यक्ष त्रयविदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी,निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिएल ।
साधारण सभामा संघको कार्य समितिका पूर्व पदाधिकारी तथा सदस्यहरु,संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गर्नु भएकोे वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसी प्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको थिये ।
सभाको समापन गर्दै अध्यक्ष वाग्लेले संघलाई एउटा सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न आफू पूर्ण रुपले दत्तचित्त भई सबै व्यवसायीहरुको हकहितको लागि निरन्तर रुपमा प्रयाशरत रहने प्रतिबद्धता जनाएका थिय ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend