logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ताप्लेजुङको फुङलिङ बजारमा भिषण आगलागी


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २७ २०७८

 



 

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भिषण आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेमा शुक्रवार बिहान आठ बजेतिर आगालागी भएको छ ।

आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणमा आइसकेको छ । त्यहाका प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएका थिए । झण्डै दुईघण्टाको प¥यासमा आगो नियन्त्रण आएको थियो ।

 

‘बीच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।

मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको थियो । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।

 

ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ । गत वर्ष फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend