logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कर्मचारी समायोजमा भएको सेटिङ ईतिकासकै कालो दिनः पोखे्रल


  • जन आकाश
  • शनिबार, फाल्गुन २८ २०७८

 



काठमाडौ । नेपाल निजामति कर्मचारी संगठनको ११ औ राष्ट्रिय अधिवेशनको उदघाटन शत्रमा काठमाडौको थापाथलीस्थित कार्की व्याङक्वेटमा अतिथिको रुपमा आएका युनियन संगठनका अध्यक्ष गोपाल प्रसाद पोखे्रलले संघियता लागु भएपछि विविध सेवा अन्र्तगतका कर्मचारीहरुलाई सामान्य प्रशासन अन्र्तगत पठाएर समायोजन गरेको र उक्त ऐन लागु भएपछि सवैभन्दा धेरै पिडित जसको पहुच र पावर नभएका निजामति कर्मचारीको लागि आजसम्म न्यायोचित सम्वोधन भएको छैन भन्दै उनले त्यतिवेला दुईतिहाइको सरकार रहेको नेकपा र उक्त सरकारको समर्थनमा सञ्चालित निजामति कर्माचारी संगठनका पदाधिकारीहरुले सरकारसँग तालमेल गरेर सेटिङमा निजामति कर्मचारीहरुमा गरेको अवैधानिक सरुवा र समायोजनहरु कालो दिनमा उल्लेख गरेपनि हुने खालको भएको आरोप लगाएका छन् ।

उनले भनेका छन् निजामति कर्मचरीको सिविए जित्दैमा सवैथोक जिते भन्ने भ्रम नपाल्न पनि आग्रह गर्दै कर्मचारीको हकहितमा के के काम भए, निजामति पिडितहरुको उद्धार कति भयो ? भनि प्रश्न गर्दैमञ्चमा रहेका एमालेवाट मन्त्री भएका पुर्व मन्त्रीहरुलाई देखाउदै आफ्नो धारणा राखेका थिए ।

नेपालमा २०४७ सालको परिवर्तन पछि आफ्नो पेशा, व्यवसाय, संघ÷संगठन खोल्न पाउने अधिकार दिएको थियो उक्त जगमा निजामति कर्मचारी संघ÷संगठनहरु पनि स्थापना भएका थिय अन्य क्षेत्रमा बिकृत राजनीति भए जस्तै निजामति कर्मचरी संघ÷संगठनहरुमा पनि त्यस्तै बिकृत देखिन्छ ।

एउटै सरकारी कार्यलयहरुमा २७ वटासम्म निजामति कर्मचारी संगठन रहेका उदारण छन् । भने निजामति कर्मचारी संगठनको नेता भइसकेपछि पार्टीको नेताका घर घरमा धाउने र कर्मचारीको अफ्ठ्यारो र जनताको काम भन्दा नजायज फाइदामा बढी लाग्ने जस्ता आरोपहरु वेला वेलामा निजामति कर्मचारीले संगठनका पदाधिकारीहरु माथि लाग्ने गरेको छ ।

झनै कर्मचरी समायोजन ऐन २०७४ वाट लागु भएपछि त काठमाडौ उपत्यका भित्र वा कर्मचारीलाई पायक पर्ने ठाउमा सरुवा गर्नुप¥यो, वा कुनै समस्या आए भने अस्वभाविक अवैध रकम माग्ने सम्मका कामहरु यिनै निजामतिको हकहितमा काम गर्ने भनेर खोलियका संगठनका माथिल्लो पदमा बसेकाहरुले संगठनको कार्यलयहरुवाट सेटिङ मिलाउने काम गरेर बदनामित कमाएका थिए ।

भन्ने वेलामा समग्र निजामति कर्मचारी संगठनको हकहितमा काम गर्ने भनिएपनि राजनीतिको आडमा संगठन चलाउने र जसको पहुच छैन । पावर छैन । सोजा इमानदार कर्मचारीलाई हाम्रो अधिकार सुनिश्चित गर्र्न भनेर सदस्य बनाउदै मार्षिक लेवी उठाउने, सभा, सम्मेलनमा दाइत्वको नाममा रकम उठाउने, पढेलेखेर लोक सेवा लडेर नाम निकाली जागिर खाएका इमानदार कर्मचारीहरुलाई निज सोच भएका कर्मचरीहरु नै संगठनका पदाधिकारी बनेर चरम सामान्ती प्रबृति देखाउने काम यिनै संगठनहरुमा गर्दै देखाउदै आएका छन् ।

आशा गरौ आगामी दिनहरुमा त्यस्ता कार्यहरु रोकेर वास्तविक जे उदेश्यका लागि संगठन स्थापना भएका हुन् । ति उदेश्यहरु पुरा गरुण । यो सवै राजनीतिक समर्थित निजामति कर्मचारी संगठनको हकमा लागु होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend