logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेशनल लाईफको ३३ औ वार्षिक साधारण सम्पन्न


  • जन आकाश
  • आइतबार, फाल्गुन २९ २०७८

 



काठमाडौ । नेशनल लाइफ कम्पनीको घघ औ वार्षिक साधारण सभा मिति द्दण्ठड÷ज्ञज्ञ÷द्दढ गते कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलता पूर्वक सम्पन्न भएको छ ।

सभामा कम्पनी अध्यक्षले कोभिड १९ को प्रकोप यथावत रहेता पनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताउनु भयो ।

नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी मांगहुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धिगर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रतिब्यक्ति आम्दानीमा भएको बृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राख्नु भयो ।

सभामा अध्यक्षले आ.व.२०७६÷०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ भनि उल्लेख गर्नुभयो ।

कूल बीमा शुल्क १५.१२ प्रतिशतले बृद्धिभई रु.९२६.७४ करोड पुगेको छ । जीवनबीमाकोष २४.२९ प्रतिशतले बृद्धिभईरु.३,३४६ करोड पुगेको र कूललगानी १८.८४ प्रतिशतले बृद्धिभई रु.३,१८५ करोड पुगेको छ भन्दै जानकारी दिनुभयो ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६÷०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्तापूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूलपूँजी रु.४ अरब ३ करोड नाघेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसार ँगतगचभ द्ययलगक एचयखष्कष्यलष्लन मा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदान गर्न सफल भएको बताउनु भायो । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमा लेखमा यथोचित प्रतिफलउपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाउनु भयो ।

सभामा अध्यक्षले आ.व.२०७७÷०७८ माकम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमा शुल्क ७१ प्रतिशतले बृद्धिभई रु.४ अरब नाघेको जानकारी गराउनु भयो । आउने दिनहरुमा समेत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रमणी भूमीका निर्वाह गर्नेमा विश्वास प्रकट गर्नु भयो । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराउनु भयो ।

३३ औं वार्षिक साधारण सभाले आ.व. २०७६÷०७७ को लागि चुक्तापूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२र( नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसै गरी सो साधारण सभावाट संस्थापक समूहूकूवर्ग वाट ३ जना( प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली संचालकमा निर्वाचित हुनभएको छ भने सर्वसाधारणूखूवर्गवाट २ जना( भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित हुनु भएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend