logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दलहरूले चुनाव चिन्ह नपाए स्थानीय चुनाव हुँदैनः लिङदेन


  • जन आकाश
  • सोमबार, फाल्गुन ३० २०७८

 



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक दलहरूले चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव हुन नसक्ने बताएको छ । फागुन २९ गते नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधनको क्रममा यस्तो कुरा बताएका हुन् ।

लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौं । राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन ।

आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।जसमा विवेकशील साझा पार्टीको नेतृत्वमा स्थानीय निर्वाचनमा दलले चुनाव चिन्ह नपाएमा बहिष्कार गर्नेसम्मका योजना अघि सारिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend