जन आकाश
युक्रेन र रुसको युद्धले पारेको असर नेपालमा पनि आइपुगिसकेको छ । पेट्रोलियम पदार्थको मुल्य बढेसँगै नेपालका अधिकाँस उपभोग्य सामानहरुको मुल्य अस्वभाविक ढंङगवाट बढेका छन् ।
महगी बढ्नु नेपालमा नियती जस्तै बन्दै आएको छ । कुनै केही वाहनामा ठुला स्केलका व्यापारीहरुले कार्टेलिङग गरेर तल तल सम्म सर्वसाधरणलाई प्रत्यक्ष असर पार्ने गरी विगतमा पनि त्यस्तै हुने गरेको थियो । अहिले पनि त्यस्तै भएको छ ।
हुनत यतिवेला विश्वव्यापी रुपमा शक्तिशाली रहेको रुस र विश्व शक्तिशाली राष्ट्र अमेरिकाकै योजनामा सञ्चालन भईरहेको युक्रेन बीचको द्धान्द्धले विश्व प्रभावित भएको छ । यो वेलामा नेपाल मात्रै अछुतो रहन सक्दैन । तर जनसंख्या ३ करोड पनि नभएको र सानो मुलुक भएको नेपालले गहिरो सोच राखेर सम्बन्धित निकायले आफ्ना नागरिकहरुलाई सुविधा दिन अपनाउनु पर्ने सवै खालका तरिकाहरु अवलम्बन गरेर सेवा दिन मेहेनत गर्ने हो भने अहिले देखिएको जस्तो अत्यास लाग्दो महगी बजारमा हुदैनथ्यो ।
ति कमजोरीहरुलाई सुधार गरेर अनाआश्यक त्यस्ता कार्टेलिङ गर्ने काला व्यापारीहरुलाई नियन्त्रण लिएर कारवाही गर्न ढिलो गर्नु हुदैन । बजारमा कुनै उपभोग्य सामान किन्न गयो भने एउटै सामानको फरक फरक मुल्य हुने गरेको छ ।
बजार मुल्य एकरुपता छैन । एकरुपता नभएता पनि सर्वसाधरणले कुन चिज कति पर्छ भन्ने गरी प्रष्ट देखिनेगरी काही पनि मुल्य सुची राखेको देखिदैन । कतै कतै मुल्य सुची राखेर पारदर्शी देखाउका व्यापारीहरुले राखेको मुल्यमा पनि महगी त बढेकै छ । यसरी अस्वभाविक मुल्य बृद्धि हुदै गएको छ ।
ति तल तल आएर वितरण हुने सामानहरु मुल्य बृद्धि हुनुको कारण माथि माथि वाट समान आयात गरेर बेच्ने गरेका ट्रेडर्सहरुले नै बढाएका कारण त्यसको असर तल देखिएको हो ।
यस्ता प्रत्यक्ष असर पार्ने गरी बजारमा हरेका सामानहरुको मुल्य बृद्धिले नेपाली नागरिकहरुमा तनाव बढाएको छ । यसको न्युनिकरण र बैकल्पिक उपाय अपनायर नागरिकहरुलाई शान्त र भय रहित अवस्थामा फर्काउन सम्बन्धित निकायले तुरुन्तै आवाश्यक कदम चाल्न ढिलो गर्नु हुदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend