जन आकाश
काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा यहि मिति २०७८÷१२÷०४ गण्डकी प्रदेशको पोखरामा,अन्र्तक्रिया तथा लगानीकर्ता सचेतना मुलक कार्यक्रम संचालन भएको बैकले सार्वजानिक गरेको नोटमा उल्लेख छ ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतयस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्र्तक्रिया तथा लगानीकर्ता सचेतना मुलक कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा पनि यस्तै कार्यक्रम संचालन गरिने समेत क्यापिटलले उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend