logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनीको पाँचौं संस्करण भृकुटीमण्डपमा सुरु


  • जन आकाश
  • शुक्रबार, चैत्र ११ २०७८

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपममा पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।



नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको शोमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहेको छ ।

चैत १० देखि १२ गतेसम्म सञ्चालन हुने मेलामा नेपाल मेडिकल हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्स्पो, नेपाल फर्म्याक रहेका छन् । भारतबाट उत्पादक र निर्यातकर्ताको एक्स्पोमा उल्लेख्य उपस्थिति रहेको छ ।

इन्जिनियरिङ एक्सर्ट प्रमोसन काउन्सिल र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको सह—आयोजनामा भइरहेको एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम भएको आयोजनकाले जनाएको छ ।

एक्स्पो सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोग रहेको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरेले बताए ।

घिमिरेका अनुसार मेलामा १७० स्टल राखिएका छन् । जसमा भारतीय र नेपाली स्टलको बाहुल्यता रहेको छ । नेपालमा यस्ता सामग्री उत्पादनको सम्भावना रहे पनि भन्सार सम्बन्धी समस्या रहेको उनको भनाइ छ ।

आयोजकका अनुसार सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड—१९ महामारीको कारण अहिलेको मितिमा सरेको हो ।

एक्स्पोको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका छन् । कार्यक्रममा मन्त्री खतिवडाले स्वास्थ्य उपकरण आयात सम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले जनतालाई आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा गुणस्तरीय स्वास्थ्य सुविधाका लागि यस्ता एक्सपो उपयोगी हुने धारणा राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा सीप विकास समिति सभापति हेमराज ढकालले कोभिड महामारीका बेला स्वास्थ्य पूर्वाधारको अभाव खट्किएको र स्वदेशी आयातकर्ताहरुको मेहनतका कारण स्थिति नियन्त्रणमा लिन सकिएको बताए ।

महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले औषधि र औषधिजन्य उत्पादनको लागत बढेको उल्लेख गर्दै मूल्य समायोजनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।

एक्स्पोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनीहरूका आवश्यकताहरू पूरा गर्ने लक्ष्य लिएको छ ।

नेपालमा वार्षिक ४० अर्बको केमिकल एन्ड मेडिकलसम्बन्धी सामग्रीहरुको आयात हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend