logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आधुनिक नेपाल लाइफ पाठशाला सिटी सेन्टरमा


  • जन आकाश
  • शुक्रबार, चैत्र ११ २०७८

 



काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमल पोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा “नेपाललाइफ, पाठशाला”नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले संयुक्त रुपमा उक्त “नेपाललाइफ पाठशाला”को उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तब्य व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरुलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताउनु भयको थियो । उहाँले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने छ भन्ने विश्वास व्यक्तगर्नु भयको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले अभिकर्ता तथा कर्मचारीहरुको व्यवसायिक दक्षता एवं क्षमता अभिबृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न“नेपाललाइफ, पाठशाला”को स्थापना गरिएको बताउनु भयको थियो ।

आगामी दिनहरुमा यस पाठशालामा विज्ञ प्रशिक्षक हरुमार्फत अभिकर्ता र कर्मचारीहरुको लागि नियमित तालिम एवं सेमिनारहरु संचालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिनुभयको थियो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरु रामअवतार अग्रवाल र बिमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागिय प्रमुखहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend